वैशाख ५ गते २०८२
12:08: AM
वैशाख ५ गते २०८२
12:08: AM

असार महिनामा पाथीभरामा २० लाख भन्दा बढी भेटी संकलन

श्रावण १ गते २०८१
8:56 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा(मुकुमलुङ)मा पछिल्लो एक महिनामा २० लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असार महिनामा पाथीभरामा भत्तजनहरुले चडाएको भेटीको रुपमा २० लाख ४४ हजार ९०० रुपैयाँ भेटी संकलन भएको हो ।
असार महिनामा संकलन भएको भेटीपाती आज पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेका छन् । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । सकंलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले संकलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार आर्थिक वर्ष २०८१÷८१ मा अर्थत गत साउन देखि असार अन्तिम सम्ममा दुई लाख ३१ हजार ३३४ जना तीर्थालुले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo