वैशाख ६ गते २०८२
08:41: PM
वैशाख ६ गते २०८२
08:41: PM

फक्ताङलुङको थिवा खोलामा सडक अबरुद्ध हुने

जेठ १६ गते २०८१
8:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुको फक्ताङलुङ गाउँपालिका जाने सडक केही समय अवरुद हुनेभएको छ । थिवा खोला क्षेत्रमा सडक मर्मत हुने भएकाले दुई दिन सवारी साधन आवतजावत बन्द हुने भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ र ५ जोड्ने थिवाखोलाको सडक बन्द करिब २ दिनका लागि बन्द रहने गाउँपालिका जनाएको छ । निर्माणाधीन तमोर करिडोर अन्तर्गत २ जोड्ने थिवा खोलामा निर्माणको कार्य जारी रहेकाले सवारी साधन आवातजावत बन्द रहने गाउँपालिकाले सूचनामार्फत जनाएको छ । जेठ १७ गते बिहीबार बिहानदेखि १८ गते शुक्रबार बेलुकासम्म दुई दिनका लागि सडक बन्द हुने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।
सडक अवरुद्ध भएतापनि गाडी परिवर्तन गरी यात्रा गर्न सकिने प्रबन्ध मलिाई सोही बमोजिम यात्रा गर्न समेत सम्पूर्ण यातायात व्यवसायी तथा यात्रु महानुभावहरुमा पालिकाले आग्रह गरेको छ । दुई दिनको समयमा निर्माणको कार्य सम्पन्न नभए पुन सडक अवरुद्धको समय लम्बिने पनि जनाइएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo