ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको जन नेता स्वर्गीय मदन भण्डारीको जन्मघर मर्मतसम्भार कार्य थलिएको छ । लोकतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ र अनेरास्ववियू जिल्ला कमिटी ताप्लेजुङको संयुक्त प्रयासमा सफाई तथा मर्मतसम्भार कार्य सुरु गरेका हुन । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ र अनेरास्वविय गरि करिव ३०–३५ जना जनशक्तिमार्फत मर्मतसम्भार तथा सफाई कार्य सुरु भएको राष्ट्रिय युवा संघका कोशी प्रदेश कमिटी सदस्य हेमराज निरौलाले बताउनुभयो । उहाँका अनुसार मंगलवारबाट स्थानीय मजदुर,दुबै संगठनका अगुवा तथा नेकपा एमालेका कार्यकर्ता मिलेर तीनदिन भित्रमा मर्मतसम्भार कार्य पूरा गर्ने तयारी गरिएको छ । जीर्ण रहेको स्वर्गीय भण्डारीको जन्मघरमा टिनको नयाँ छाना लगाउने कार्य सोमबारबाटै सुरु भएको निरौलाले बताउनुभयो । छानो पूर्ण रुपमा भत्काएर नयाँ लगाईने भएको छ भने भत्किएका र मकिएका काठहरु समेत फेरिने युवा संघले जनाएको छ ।…