श्रावण १० गते २०८३
10:06: AM
श्रावण १० गते २०८३
10:06: AM

विद्युत हब बन्दै ताप्लेजुङ

वैशाख ६ गते २०८१
7:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ जिल्ला जलविघुत उत्पादन हब बन्दै गएको छ । जलविद्युत आयोजनाहरुले ताप्लेजुङमा आयोजनाको गति दिन थालेसंगै जलबिद्युत हब बन्दै गएको हो ।
ताप्लेजुङमा प्रमुख नदी तमोर पर्दछ । विद्युत उत्पादनको प्रमुख स्रोत पनि तमोर नदी पर्दछ । जलविद्युत उत्पादनका ठुला आयोजनाहरु तमोर नदीमा निर्माण भइरेका छन् । तमोर नदी चीन र नेपालको नाका टिप्ताला नाका हुदै बग्न गर्दछ । विद्युत विभिगकाको तथ्यांक अनुसार तमोर नदीमा निर्माण हुने आयोजनाहरु १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिका भित्र पर्दछ । तमोर नदीबाट १६ वटा आयोजनाबाट एक हजार ६५४.५१ मेघावाट क्षमताको बिद्युत उत्पादन हुनेभएको छ ।
मिक्वाखोला गाउँपालिका हुदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माण भएरहेको छ । यस खोलाबाट निर्माण हुने आयोजनाहरु मिक्वाखोला गाउँपालिका भित्र दुई वटा र मेरिङदेन गाउँपालिकामा दुई वटा आयोजनाहरु निर्माण भइरहेका छन् । मेवाखोलामा निर्माण भइरहेको आयोजनाबाट १७८.४२ मेघावाट क्षमताका विद्युत उत्पादन हुनेभएको छ ।
ताप्लेजुङमा रहेको तेस्रो विद्युत उत्पादनका गर्न योग्य नदी काबेली खोला पर्दछ । यस खोलाबाट चारवटा विद्युत आयोजनाहरु निर्माण भइरहेको छ । काबेली खोला निमार्णहुने आयोजनाहरु सिरिजंगा गाउँपालिका भित्र पर्दछ । काबेली खोलामा चार वटा जलविद्युत आयोजनाहरु निर्माण हुदैछ । सो आयोजनाबाट ९५.४३ मेघावाट क्षमताको विद्युत उत्पादन हुने छ ।
चौंथो नम्बरमा विद्युत उत्पादनको हिसाबले मिक्वाखोला गाउँपालिकाबाट बग्ने पालुङखोला पर्दछ । यस पालुङ खोलाबाट दुई जलबिद्युत आयोजनाहरु निर्माणीन आवस्थामा छन् । मिक्वाखोला—५ वडा भित्र निर्माण हुने हुदै गरेको आयोजनाबाट ५१ मेघावाट क्षमताको बिद्युत उत्पादन हुने भएको छ । सोही वडामा रहेको सोना खोलामा हिमाली हाइड्रो पावर प्रालिले ९ मेघावाट क्षमताको बिद्युत उत्पानका प्रारम्भिक चरणमा रहेको छ ।
सिदिङवा गाउँपालिका—१ इवा खोलामा तीनजुरे हाइड्रो पावर प्रालिले ४.६ मेघावाट क्षमताको आयोजना निमाणको प्रारम्भिक चरणमा हरेको छ । पाथीभरा याङवरक गाउँपालिका भित्र दुई वटा जलविद्युत आयोेजनाहरु रहेका छन् । ५.८ मेघावाट क्षमताको माथीलो फावाखोला जलविद्युत आयोजना निर्माण भरइरहेको छ । तस्तै थेचम्बु,डुम्रिसे र चाकसीबोटे क्षेत्रमा २.०८ मेघावाट क्षेत्रमताको आयोजना सम्पन् भएर विद्युत उत्पादन हुदै आएको छ ।
फावाखोलाबाट ७.८८ मेघावाट क्षमताको विद्युत उत्पादन हुने भएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo