श्रावण १० गते २०८३
10:05: AM
श्रावण १० गते २०८३
10:05: AM

एक महिनामा ५२ हजार भन्दा बढी भक्तजनहरुले पाथीभरामा गरे पूजापाठ

चैत्र ३० गते २०८०
10:22 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा चैंत महिनामा ५२ हजार भन्दा बढीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत महिमाना ५२ हजार ४५५ जना भाक्तजनहरुले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन् ।
चालु आर्थिक वर्षको ९ महिनाको समय अवधिमा सबै भन्दा धेरै चैत महिनामा पाथीभरामा भक्तजनहरुले पूजापाठ गरेका छन् । गत साउनदेखि चैत्र मसान्तसम्म एक लाख ६८ हजार ४६८ जना भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क जनाएको छ ।
भदौमा ५ हजार, असोजमा १० हजार ३४३, कात्तिकमा ४९ हजार १ ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार ४१६ जना, पुषमा ५ हजार ६५५, माघमा ६ हजार ४०१, फागुनमा १७ हजार ९१२ जना तीर्थयात्री आएका हुन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo