श्रावण १० गते २०८३
08:37: AM
श्रावण १० गते २०८३
08:37: AM

कञ्चनजंघा क्षेत्रमा आउँन थाल्यो पर्यटक

चैत्र २४ गते २०८०
2:51 pm
Author Avatar
फक्ताङलुङ दर्पण

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा पर्यटक आउन थालेका छन् । सिजन सुरुभएसंगै यस क्षेत्रमा भ्रमण गर्नका लागि बाह्य पर्यटकहरु आउन थालेका हुन ।
कञ्चनजंघाअअअअन क्षेत्रमा वर्षमा दुई सिजनमा पर्यकहरु भ्रमणमा आउने गर्दछन् । पहिलो सिजन सकिएर दोस्रो सिजन सुरुभएको हो । चैत देखि सुरुभएको जेठ तेस्रो साता सम्म गरी तीन महिना कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्न आउने गरेको पर्यटन व्यावसायिहरुको भनाइ छ । बुधबार सम्ममा ६० जना विदेशी पर्यटक कञ्चनजंघा भ्रमणका लागि आधारशिविर प्रवेद्धारमा रहेका घुन्सा बस्तिमा पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तरगत घुन्सा चेक पोष्ट कार्यालयले जनाएको छ ।
पर्यटक आगकन सुरुभएसंगै कञ्चनजंघा जाने पदमार्गमा रहेको होटलहरु समेत खुलिसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।
कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायि तथा होटल सञ्चालकहरु पहिलो सिजन सकिएर गत मंसिरमा काठमाडौं तथा अन्य क्षेत्रहरुमा पुगेकाहरु दोस्रो सिजन सुरुभएसंगै अहिले व्यावसाय सञ्चालन गर्न कञ्चनजंघा क्षेत्रमा आइपुगेको होटल व्यवसायी तथा घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो ।
पाहिले सिजनमा कञ्चनजंघा क्षेत्रमा ६५० जान बाह्य पर्यटकहरुले अवलोकन गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले बताउनुभयो । त्यतिकै संख्यामा आन्तिरिक पर्यटकहरुले समेत कञ्चनजंघा क्षेत्रको अवलोकन गर्न पुगेता पनि आन्तरिक पर्यटकहरुको तथ्यांक भने अहिले सम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यलयले जनाएको छ ।
गत वर्ष दुई सिजनमा ४३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजंघा अवलोकन गरेका थियो,भने यस वर्ष भने पहिलो सिजनमै ६५० जना बाह्य पर्यटकहरुले कञ्चनजंघा भ्रमण गरेका छन् । विस्तारै पर्यटकको आगमनसंगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कोभिड—१९ को कारणले लामो समय सम्म सुनसान जस्तै रहेको कञ्चनजंघा हिमश्रृखला क्षेत्रमा विस्तारै लयमा फर्किन थालेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषदका कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो ।
कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रतो पर्यटन हो । विस्तारै पर्यटनको आगनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीमा ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ७ करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चलनमा छ । समुद्र सतहदेखि ३ हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयले जनाएको छ । अन्य ८० लाख रुपैयाँ देखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको छ ।
२०७६÷७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजंघा हिमालमा आएका हुन् । कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ मा पुग्न सकिन्छ । २०५६ मा ७९९ जना विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ । २०५७ मा ८७३ विदेशी पर्यटक आएका छन् । २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्यांकले देखाएको छ ।…

फाइल तस्बिर

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo