ताप्लेजुङको सिरिजंगा गाउँपालिका—५ र ६ का गाउँहरुमा विद्युत विहीन भएको दुई वर्ष भएको छ । विद्युत गृह पहिरोले बगाएसंगै अहिले अन्धकारमा बस्न बाध्य भएको हो । पहिरोले बगाएको पनि पुनः उत्त खोलाबाट बिद्युत उत्पादन गर्ने ठाउँनै नभएसंगै अहिले केन्द्रिय प्रशारण लाइनको पर्खामा बस्न बाध्य भएको सिरिजंगा गाउँपालिका—६ का स्थानीय तथा लक्ष्मि माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताउनुभयो । विद्यत गृह पहिरोले बगाएसंगै मामांखे गाउँमा लामो समय देखि अन्धकारमा बस्न बध्य भएको हो । भट्टराईका अनुसार घर परिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन्, भने आर्थिक अवस्था कमजोर परिवारहरु भने सोलार समेत खरिद गर्ने अवस्था भनएकाले अध्याँरोमा बस्न बाध्य भएको छन् । कही घर परिवारले भने मट्टितेल प्रयोग गरेर कुपीको समेत प्रयोग गरेको भट्टराईलले बताउनुभयो । गएको २०७९ साल असार २ गते रात अविरल वर्षासंगै गएको पहिरोले बिद्युत गृह बगाएको सिरिजंगा गाउँपालिका—६ मामांखेका वडा अध्यक्ष शुक्रराज माबोले बताउनुभयो । माबोका अनुसार खाकसेवा खोलाबाट ७५ किलो वाटको लघु जलविद्युत आयोजनाले सिरिजंगा गाउँपालिका–५ पेदाङ र ६ मामांखे गाउँमा ६०० घरले उपभोग गर्दै आएको थियो । पहिराले लघु जलविद्युत् गृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघ जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबो बताउनुभयो । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरुपमा विस्थपित हुन पुगेको थियो । पहिराले विद्युत् गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको मामांखे स्थानिया सिंग विर लिम्बूले बताउनुभयो । गाउँमा आपत बिपत पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभाबले बढी समस्या हुने गरेको उहाँको भनाइ छ । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तहरुसँग सञ्चार गर्नसमेत समस्या हुँदै आएको मामांखेका सुने लिम्बूले बताउँभयो । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न पुगेको स्थानीयवासीको गुनासो छ । विवहा,शुद्धाई तथा सार्वजनिक कार्यहरुमा बिजुली बत्ती नभए पछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताउनुभयो । जेनेटरमा पेट्रोल प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ रहेको छ । विद्युत् गृह राख्ने ठाउँ नै नरहने गरी बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत् गृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताउँनुभयो । माबोले भन्नुभयो “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्भेक्षण गरायौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाल्यो । गाउँपालिकाले उपलब्ध गराएको बजेट पनि नपुग्ने भएपछि त्यतिकै छोड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।” वडा अध्यक्ष माबोका अनुसार मामांखे गाउँमा विद्युत प्रविधिक बोलाएर विद्युत निकाल्नका लागि सर्भे गरेको थियो । प्रविधिक सर्भेबाट दुई करोड भन्दा बढी खर्च लाग्ने भए पछि प्रत्येक घर परिवारबाट संकलन गर्दा समेत नपुग्ने भए पछि बिद्युत गृह बनाउँनबाट पछि सरेको हो । गाउँमा बिद्युत गृह पुनः निर्माण गर्न ठुला बजेट लाग्ने भए पछि प्रत्येक बिद्युत उपभोक्ता परिवाहरुबाट समेत गरि बजेट जुठाउँदा समेत बजेठले नपुग्ने भए पछि केन्द्रिय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडा अध्यक्ष माबोले बताउनुभयो । पहिराले बगाएको विद्युत् गृह पुनः निर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत लाइन जोड्ने पेदाङवासीको योजना बनाएको खाकसेक्वा खोला लुघु जलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराई बताउँछन् । ‘खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न ठूलो खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ’, उनले भने, ‘राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि लागि पोलहरु गाड्ने, तार तान्ने काम हुन आँटेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।’ पहिराले बगाएको विद्युत् गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबो बताउँछन्।