ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन बन्ने भएको छ । चालु आर्थिक वर्षका लागि शहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसंगै पर्यटन सूचना केन्द्र निर्माण हुने भएको हो । फुङ्लिङ नगरपालिका—११ तल्लो फेदीमा मध्यम आकारको उहुउद्देश्यीय एवम् पर्यटन सूचना केन्द्र निर्माण हुने भएको हो । तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्धार पनि हो । बहुउद्देश्यीय तथा पर्यटन सूचान केन्द्र स्थापना गर्नका लागि फुङ्लिङ नगरपालिकाले सहरी विकास भवन निर्माण विभागमा पाँच करोड बजेट माग गरेकोमा ३५ लाख आउँदो आर्थिक वर्षका लागि बजेट विनियोजन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो “बजेट थोरै मात्र आएको छ । तर क्रमागत आउँछ होला ।” पाथीभरा आउँने धार्मिक पर्यटकहरुलाई पाथीभराको महत्वका विषय साथै पाथीभरा जाँदा आवश्यक सामग्रीबारेमा जानकारी गराउँने उदेश्यका साथ पाथीभरामा पर्यटन सुचना केन्द्र निर्माण हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ताप्लेजुङमा रहेको धार्मिक,संस्कृतिक सम्पदा तथा पर्यटकीय स्थलहरुको एकै ठाउँबाट सुचना उपलब्ध गराउने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । बहुउद्देश्यीय भवन भएकाले आवश्यता अनुसार प्रयोग हुने पाथीभरा क्षेत्र समतिले जनाएको छ । समुद्र समह देखि तीन हजार ७०० मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिक स्थल हो । पाथीभारमा दैनिक हजारौंको संख्यामा पुग्ने गर्दछन् । एकै दिन २० हजार सम्मले पाथीभरामा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितको तथ्याङक छ । सूचना केन्द्र स्थान भएमा पाथीभरा आउँने तिर्थयात्रीहरुलाई ताप्लेजुङको थप अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी लिन पाउँने छन् । तल्लो फेदी(काफ्ले पाटी) सम्म यातायातका साधनहरु पुग्ने गर्दछ । काफ्ले पाटी खेदि पाँच किलोमिटर उकाले पैदल मार्ग हिडे पछि पाथीभराको मुख्य पूजा धाम पुग्न सकिन्छ ।