नेपाली पात्रो अनुसार आज ग्याल्पो ल्होछार हो । ग्याल्पो ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व भएकाले नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । तर शेर्पा समुदायहरुले भोटे पात्रोअनुसार आज ल्होछार नभएको भन्दै ल्होछार नमानेको हो ।
ताप्लेजुङको उच्च हिमाली बस्ति फक्ताङलुङ गाउँपालिका—६ घुन्सा क्षेत्रमा ल्होछार धुमधामका साथ ल्होसार मनाउने गर्दछन् । तर आज नेपाली पात्रो अनुसार ल्होछार भए पछि घुन्सा गाउँ सुनसान छ । घुन्सा मात्र भनएर फलेटार,ग्लाप्ला,ओलाङचुङगोला,लुङथुङ र लेलेपका बस्तिहरुका शेर्पा(भेटे) समुदायहरुको बहुल्यता भएको बस्तिहरु अहिले सुनसान छ । ल्होछारको कुनै उत्सव भेटिन्दैन । त्यस्तै मिक्वाखोला गाउँपालिका—५ पापुङ क्षत्रे सिरिजंगा गाउँपालिका—७ याम्फुदिन, मेरिङदेन गाउँपालिकाको थिङलाबु र फुङ्लिङ नगरपालिका—९ बुङकुलुङ क्षेत्रमा शेर्पा समुदायहरुको बहुल्याता भएको क्षेत्रहरु हो । तर यि बस्तीहरु सुनसान रहेको घुन्साका स्थानीय छिरिङ टाँसीले बताउनुभयो ।
नेपाली पात्रो र भोटे पात्रो बिच ग्याल्पो ल्होछारको मिती नमिलेकाले आज ल्होछार नमानेको फक्ताङलुङ गाउँपालिका—६ घुन्सा अवस्थित टाँसी छोदिङ गुम्मका प्रमख लामा पेमा छेम्बेलले बताउनुभयो । भोटे पात्रोमा ग्याल्पो ल्होसार गत माघ २७ गते रहेकाले गत माघ २७ गते नै शेर्पा समुदायहरुले धुमधामका साथ ल्होसार मनाएको लामा छेम्बेलले बताउनुभयो ।
नेपाल पञ्चांक निर्णायक समिति र भोटे समयदायको पात्रा प्रकाशन गर्ने कासाङ निमा र ठेसे थुप्देन केल्जेन बिच समन्वय नभएकाले यस्तो भएको लामाले बताउनुभयो । उहाँले भन्नुभयो“हाम्रो समुदायको आफ्नै भाषा,मिती तिथि र पर्व अनुसारका पात्रो प्रकाशन गर्दछौं । तर हाम्रो समुदायको पात्रो र नेपाल नेपाली पात्रो बिच मिलेको छैन । त्यसैले हाम्रो पात्रो अनसार ग्याल्पो ल्होछार माघ २७ गते नै मनायौं ।
ग्याल्पो ल्होछारको दिनबाट शेर्पा समुदायको नयाँ साल फेरिन्छ । फक्ताङलुङ गाउँपालिका—७ का वडा अध्यक्ष छेतेन लामाका अनुसार ल्होछार अर्थात ’ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ’छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । लामाका अनुसार अहिले भोटे पात्रो अनुसार बैंशाख महिना पुरा भएर जेठ महिनाको समय भएको छ ।
शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण
ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरुले नेपाल पञ्चांग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथिमितिमा गडबढ भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेर्पा जातीय संस्थाहरुले आइतबार प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरेको पात्रोमा शेर्पा समुदायको मौलिक चाड ग्याल्पो ल्होसारको मिति गडबढ गरिएको संस्थाहरुले उल्लेख गरेका छन् । ग्याल्पो ल्होसार गत माग २७ गते नै भएको, तर पात्रोअनुसार फागुन २८ गतेका दिन ल्होसारको विदा दिएर गडबढ गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा शेर्पाहरूको महान् चाड २१५१ औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भए पनि नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी बौद्ध मार्गीहरूको चाडपर्वको तिथि नै भ्रममा पारिएको उल्लेख गरिएको छ । महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्व भोट चन्द्र पात्रो (दाथो) मा आधारमा हुने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता संगठन नेपाल बौद्ध महासंघको प्रतिनिधिलाई सहभागी गराई निर्णय गर्न संस्थाहरुले अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल शेर्पा, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी संघ रहेका छन् । शेर्पाजन्य चारवटै संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको नेपाल सेर्पा संघका जिल्ला सचिव फुर्वा शेर्पाले बताउनुुुुुुुुभयो ।… फाइल तस्बिर
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
