श्रावण ११ गते २०८३
03:47: PM
श्रावण ११ गते २०८३
03:47: PM

अविरल झरी रहने फुङफुङे झरना

श्रावण १६ गते २०८०
7:59 am
Author Avatar
फक्ताङलुङ दर्पण


ताप्लेजुङको मिक्वाखोला—४ साँवामा रहेको फुङफुङे झरना पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ ।
शिरदेखि कतै नठोक्किई सिधै झर्ने र फुङफुङ आवाज आउने भएकाले झरनाको फुङ्फुङ्गे राखिएको विश्वास गरिन्छ । ताप्लेजुङ सदरमुकामबाट सहज रुपमा यातायातका साधनहरु पुग्न थालेसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको हो । यो झर्ना निकै आकर्षक छ । झरनामा पानीको फोहराका कारण नजिक जान भने सकिँदैन . अहिलेसम्म झरनाको उचाइसमेत नापिएको छैन । बाह्रै महिना पानी झरिरहने यो निकै अग्लो छ । झरनाको शिरमा संलो पोखरी भएकाले यस क्षेत्रका बासिन्दाले यहाँ पूजा आराधना पनि गर्ने गरेका छन् । झरनाको फेदमा किरा“तेश्वर महादेवको मन्दिर छ । झरना हेर्न विदेशी पर्यटकहरू पनि आउने गरेका छन् । छिमेकी जिल्ला पाँचथर, तेह्रथुमका बासिन्दा पनि यो दृश्यावलोकन गर्न आउने गरेका छन् । स्थानीय बाङ्गे शेर्पाका अनुसार यहा“ आफ्नो सन्तान सुख शान्तिका लागि भाकलसमेत गर्ने गरिएको छ । झरनालाई समेट्न गुफापोखरी–मानाभरा–पापुङ–तोप्क्यो गोला–सोदो पोखरी पर्या–पर्यटन मार्गको विस्तार गरिने भएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo