१२ वर्षको अवधिमा आगलागीबाट ताप्लेजुङमा ५ अर्ब भन्दा बढीको क्षति
Phaktanglung Darpan
माघ २९ गते २०८०
9:33 am
फक्ताङलुङ दर्पण
देबेन्द्र बानिया/ताप्लेजुङ
गत बुधबार मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भयो । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको छ । प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भयो । ताप्लेजुङमा माघको फागुन महिनाको सुरुवात हुन लाग्दा समेत खासै अहिलेसम्म हिमपात हुन सकेको छैन । विगतको वर्षमा मङ्सिर अन्तिम सातादेखि नै हिमाली क्षेत्रमा हिमपात हुन सुरु हुन्थ्यो। तर अहिले खासै हिमपात हुन सकेको छैन । लामो समयसम्म हिमपात र वर्षा नहुँदा सदरमुकामदेखि ग्रामीण बस्तीसम्म आगलागिका जोखिम उत्तिकै धेरै हुने चिन्ता बढ्दै गएको छ । अझ यो समय हावाहुरी चल्ने समय सुरु हुदै छ । जब मानिसको संसारमा पाइला टेके त्यो समयदेखि नै मानिसको जीवनको आगो सहायक हुँदै आएको देखिन्छ । मानिसले अरु प्रणालीमाथि विजय हासिल गरेको इतिहासहरू पढ्न पाइन्छ । दैनिक जीवनमा हामी आगोसँगको मित्रता उत्तिकै छ । आगो बिनाको जीवन कल्पना पनि गर्न सकिन्न । हामीले दैनिक प्रयोग गर्ने खाना पकाउन खाजा खान शरीरलाई न्यानो बनाउन आगो नै प्रयोग गर्छौं । आगोको महत्वले गर्दा होला या हाम्रो संस्कार संस्कृतिमा पनि आगोको उपभोगले गर्दा होला पूजा गर्न पनि हाम्रो संस्कार छ । उद्योग कल कारखाना चलाउन पनि आगो चाहिन्छ । मानवीय जीवनमा सुगम बनाउने आगोलाई राम्रोसँग व्यवस्थापन गर्न जानिएन भने बहुउपयोगी आएको विद्यानास हुने कारण बन्छ । तथ्याङ्क हेर्दा ताप्लेजुङ जिल्लामा प्रत्येक वर्ष आगो लागेको घटनाहरु बढ्दै गएको छ । हरेक वर्ष सुखायाममा आगो लागेका घटनाहरु भएको जिल्ला विपद व्यवस्थापन समिति संयोजक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताउनुभयो । विगत २०६८ फागुन तेस्रो साता ताप्लेजुङको फक्तालुङ गाउँपालिका ३ सिवा बजारमा बिस्तारै बिस्तारै हुँदै गरेको बजारमा आगो लागे भयो। आगो लागेपछि बजार विस्तार हुन सकेन। १२ वर्षअघि सीमा बजार मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको बजार आगो लागिपछि अहिले बगर बनेको छ । बस्ती बन्न सकेन । २०६९ साल माघ २६ गते सदरमुकामकै शेर्पा टोलमा आगो लागे हुँदा ८ घर जलेर नष्ट भएका थिए। १८ परिवार विस्थापित भएका थिए। २०७० साल कार्तिक १८ गते सदरमुकामकै टुक्रेबजार क्षेत्रमा आगो लागि हुँदा पाँच घर तथा नष्ट भएको थियो। सो आगो लागिबाट १७ परिवार विस्थापित भएका थिए । २०७१ साल चैत महिनाको ९ गते फुङ्लिङको मुख्य व्यापारिक केन्द्र तोक्मे डाँडा क्षेत्रमा आगोलागि हुँदा ३७ घर जलेर खरानी भयो। टोक्मे आगो लागि बाटो १४५ परिवार विस्थापित भएका थिए। २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा आगो लागि हुँदा ७ घर जलेर नष्ट भए । सो आगोलागीबाट २९ परिवार विस्थापित भए ७ करोड ६५ लाख ७२ हजार बराबरको क्षति भएको तथ्याङ्क छ । जिल्ला विपद व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७२ साल देखि २०८० साल माघ पहिलो सातासम्म का ताप्लेजुङमा आगो लागेका घटनाहरू प्रशासनले तथ्याङ्कका आधारमा यसरी राखेको छ । गत वर्षको फागुन देखि आज माग १२ गते एक वर्षको अवधिमा मात्र ताप्लेजुङमा ३६ वटा आगो लागेका घटना बाट,२३ करोड २२ लाख ७२ हजार५ सय रुपैयाँ बराबरको क्षति भएको छ एक वर्षको अवधिमा मानवीय क्षति पनि नभएको तथ्याङ्क छ । १२ वर्ष को समय अवधिमा आगलागेबाट ताप्लेजुङमा ८ जनाले ज्यान गुमाएका छन् । १२ जना आगो लागेबाट घाइते भएका छन् । ७० पशु चौरासी ३१ वटा चौपाया घाइते भएका छन् १३९ वटा घर जलेर नष्ट भएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ २० वटा पशु चौपाएको गोठ जलेको छ सवारी साधन २२ वटा आगोलागिबाट जलेका छन् । ३७ डेरामा बस्ने परिवार विस्थापित हुन पुगेको जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। पछिल्लो १२ वर्षको अवधिमा मात्र ताप्लेजुङमा आगो लागिबाट ५ अर्ब ८ करोड ५१ लाख २९ हजार ७३१ रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांकमा उल्लेख गरिएको छ । यद्यपि तथ्याङ्कको आधारमा क्षतिको विवरण तलमाथि हुनसक्छ । ३८४ घर परिवार आगोलागिबाट प्रभावित भएका छन् । उक्त समयमा आगो लागि नियन्त्रण गर्नका लागि १ हजार ८२८ जना प्रहरी परिचालन गरिएको बताइएको छ। ताप्लेजुङमा दिनौ कतै न कतै आगोलागि भकै हुन्छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनको घटना नभएको दिन नहुने बताइन्छ । आगो ताप्दा वा खाना पकाउँदा आगोले पोलेर ज्यान जाने गम्भीर घाइते हुने घटना पनि उत्तिकै छ । नभोगेको विश्वको कुनै गाउँ कुनै सहर होलान् त ? आगोलागि हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुन अनेक कारण छन् । नेपालमा आगो लागेको जोखिम कम गर्न एवंम आगो निभाउन प्रविधि उपकरण र जनशक्ति कम छन् । ताप्लेजुङमा आग लागेको विगत १२ वर्ष पछि हेर्दा आठ जना आगोबाट ज्यान गुमाइसकेका छन । विशेषगरी जिल्लामा घरको नजिकै पशुपंक्षी राख्ने भएकाले आगो लागेको घटना हुँदा पशुपंक्षी चौपायाको ज्यान समेत गएको पाइन्छ । आगो नियन्त्रण गर्न नसक्दा घर गोठमा रहेका सामानहरू साथै पशुपंक्षी समेत मर्ने गरेका छन् । आगो निभाउने प्रविधि र जनशक्ति नहुँदा समयमा आगो निभाउन सकिएको छैन । गाउँघरमा भुइँमा एक छेउमा कोठा निकालेर त्यस कोठामा चुलो बनाएर पकाउने चलनले चुला नजिक सीता राख्ने खोसेला पराल आदि आगो नजिकै राख्ने र बालबालिकालाई अभिभावकले आगोबाट गराउन नसक्दा र ग्यास लिड विद्युत आदिले आगो लागेका घटना बढिरहेका छन । आगलागीबाट ताप्लेजुङमा पछिल्ला १२ वर्षमा भएका विपदका घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पछिल्ला १२ आर्थिक वर्ष २०६८÷६९ र आर्थिक वर्ष ०७९।०८० मा भएका विपदका घटना मध्ये सबैभन्दा बढी क्षति आगलागीबाट भएको हो जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङको तथ्याङ्क उल्लेख गरिएको छ ।