श्रावण १० गते २०८३
09:46: AM
श्रावण १० गते २०८३
09:46: AM

अनेरास्ववियु ताप्लेजुङको नेतृत्वमा बानियाँ

माघ २० गते २०८०
8:36 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको नेतृत्वमा विबेक बानियाँ चयन भएका छन् । अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनबाट बानियाँको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
त्यस्तै उपाध्यक्षमा प्रदिप गुरुङ (पब्लिक) र मिलन प्रधान सचिबमा अमित काङ्भा, सह–सचिबमा मन कुमार तेङबुङ, बिनायक सेन्दाङ, जानुका पौडेल, सुजन तिम्सिना र कोषाध्यक्ष सनुजा गौतम सर्वसम्मत चयन भएका छन् । ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा शुक्रबारबाट सुरु भएको अधिवेशन सनिबार जिल्ला कमिटीको नेतृत्व चयन गरेको हो । अधिवेशन आयोजक कमिटीले यस अघि ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo