ताप्लेजुङ विकास मञ्चले नेपाल नेत्रज्योति संघ भवन निर्माण पुरा गरिेर हस्तान्तरण गरिएको छ । सनिबार एक कार्यक्रम गरि प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईको उपस्थितमा भवन नेत्रज्योति संघलाई हस्तान्तरण गरिको हो । नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले करिब ९० लाख रुपैयाँको लागतमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन निर्माण गरि संघलाई हस्तान्तरण गरिएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताउनुभयो । प्रसाईका अनुसार भ्याटसहित ८८ लाख ११ हजार ६५२ रुपैयाँको लागतमा भवन निर्माण तथा प्रबलीकरण गरिएको हो । नेपाल मेडिकल सपोर्ट जर्मनीका अगुवा जर्मनी नागरिक उर्सुला मारिया इयुग्नीको अगुवाइमा विभिन्न दातामार्फत उक्त रकम ताप्लेजुङ विकास मञ्चलाई प्राप्त भएको सहयोगबाट भवन निमार्ण भएको विकास मञ्चका सचिव भोला पौउडेले बताउनुभयो । सेवानिवृत्त जर्मनी चिकित्सक उहाँको अगुवाइमा नेपाल मेडिकल सपोर्ट जर्मनीमार्फत नेपालका स्वास्थ्य संस्थाहरूमा भौतिक तथा अन्य उपकरणका लागि सहयोग हुँदै आएको छ । ताप्लेजुङमा भइरहेका कार्यहरूमा नेपाल मेडिकल सपोर्ट जर्मनीले ताप्लेजुङ विकास मञ्चलाई कार्यान्वयन संस्थाका रूपमा जिम्मेवारी दिएको छ । समाज कल्याण परिषदबाट प्रगति निरीक्षणपछि उक्त भवन नेपाल नेत्रज्योति संघ ताप्लेजुङलाई हस्तान्तरण गरिएको प्रसाईंले बताउनुभयो । नेपाल मेडिकल सपोर्ट जर्मनीकै सहयोगमा मञ्चले ताप्लेजुङ जिल्ला अस्पतालको भवन निर्माण तथा प्रबलीकरण कार्य गरेको थियो । उसले अस्पतालमा अत्यावश्यक उपकरणमा समेत सहयोग गरेको थियो । भवनमा उपचार केन्द्रलाई आवश्यक पर्ने कोठा, बिरामी विश्रामस्थल, फर्निचर सामग्री, शौचालय र कम्पाउन्डसहितका निर्माण गरिएको ताप्लेजुङ विकास मञ्चले जनाएको छ । प्राप्त बजेट बोमेजिम काम भएकोमा धन्यवाद दिनुहुदै संसद भट्टराईले भन्नुभयो“विदेशी नागरिकहरुले पनि सहयोग संकलन गरेर नेपालमा सहयोग गरेको हुन्छ । त्यस्तो सहयोग हामीले सदुपयोग गर्नु सक्नु पर्दछ ।” भवन राम्रो बनेसंगै सर्वसाधरणलई समेत गुणस्तरीय सेवा प्रदान गर्न पर्ने भट्टराइले जोड दिनुभयो । ताप्लेजुङमा फुङलिङ, दोभान, पाँचथरका यासोक र थर्पु बजारमा समेत नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।…