वैशाख ५ गते २०८२
07:19: AM
वैशाख ५ गते २०८२
07:19: AM

दुर्गम बस्तीहरुमा एम्बुलेन्स सेवा

माघ ७ गते २०८०
5:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

गाउँ गाउँमा सडक सञ्जालले जोडिएसंगै ताप्लेजुङको दुर्गम बस्तीका नागरिकले एम्बुलेन्स सेवा पाउँन थालेका छन् । विगत मान्छेले नै बिरामी बोकेर अस्पताल सम्म पुर्याउँनु पर्ने हुन्र्थो । कति अस्पताल नपुकी मृत्य समेत हुने गरेको थियो । तर अहिले दुर्गम बस्तीहरु सहज रुपमा एम्बुलेन्स सेवा पाउँन थालेका छन् ।
स्थानीय तहको पहलमा एम्बुलेन्स खरिद हुन थालेपछि दुर्गम भेगका बासिन्दा वा बिरामीले आफ्नै गाउँबाट एम्बुलेन्स सुविधा पाउन थालेका हुन् । स्थानीय तहहरूले गाउँगाउँमा एम्बुलेन्स भित्र्याएपछि बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र अन्यत्र उपचारमा लैजानका लागि दुर्गमका बासिन्दालाई सहज हुन थालेको छ । पछिल्लो समयमा ताप्लेजुङका सबै स्थानीय तहले आफलै एम्बुलेन्स दिन थालेका छन् । शनिबार मात्र मिक्वाखोला गाउँपालिकाले पनि दुई वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिका अन्तर्गत निर्माणाधीन मध्यमेवा जलविद्युत आयोजना र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत एम्बुलेन्स खरिद गरिदिएको मिक्वाखोला गाउँपालिकाले जनाएको छ ।
करिब २४ लाख रुपियाँ दरको लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार खरिद गरिएको एम्बुलेन्स गाउँपालिकामा ल्याइसकिएको र शनिबारदेखि औपचारिक रूपमा सेवा प्रवाह गर्न सुरु गरिएको गाउँपालिकाले गरेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको थलङस्थित साँवा स्वास्थ्य चौकी र वडा १ स्थित खोक्लिङ स्वास्थ्य चौकीमार्फत एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । जलविद्युत आयोजनाको सहयोगमा खरिद गरिएको एम्बुलेन्सहरूको इन्स्योरेन्सको खर्च भने गाउँपालिकाले ब्यहोरेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।.

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo