पछिल्लो समयमा ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन बढ्दै गएको छ । गाउँ—गाउँमा सडक सञ्जालले जोडिएसंगै सवारी साधनहरुको संख्या समेत बढ्दै गएका छन् । ट्राफिक प्रहरीको तथ्यांक अनुसार ताप्लेजुङमा दैनिक सात सवारी साधन कारबाहीमा पदैआएको छ । साउन देखि पुस सम्मको तथ्याङक अनुसार दैनिक सात सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ । छ महिनाको समय अबधिमा ६७७ विभिन्न सवारी साधन कारवाहीमा परेकाछन् । उक्त कारवाहीबाट तीन लाख ९६ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दीपक न्यौपानेले जानकारी दिनुभयो । सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही अर्थात् जरिवाना गरिएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई न्यूनतम ५०० देखि अधिकतम एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश जिप गाडीलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको छ । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।…