श्रावण १० गते २०८३
07:45: AM
श्रावण १० गते २०८३
07:45: AM

प्राकृतिक सुन्दरता कायम गर्न पाथीभरा जाने पदर्मागमा साइनबोर्ड हटाइदै

पौष २३ गते २०८०
7:01 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । वनस्पति तथा प्राकृतिक सौन्दर्यतामा असर पुगेकाले हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ
पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यaवस्थित रुपमा र त्यहाँ रहेको वनस्पति तथा रुखहरुमा फलामका काँटी प्रयोग गरेर (ठोकेर) राखिएका साइनबोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पु¥याइराखेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोट बिरुवाहरु मासिने अवस्था देखिएको समितिले जनाएको छ ।
पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिलसमेत गर्नुभएको छ । तोकिएको समयभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री नहटाएमा पाथीभराको गरिमा कायम राख्न र प्राकृतिक वातावरण संरक्षणका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo