वैशाख ५ गते २०८२
10:18: PM
वैशाख ५ गते २०८२
10:18: PM

गाउँमै खेलाडी उत्पादन गर्न पाँच महिने प्रशिक्षण

पौष १९ गते २०८०
8:04 am
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ/ताप्लेजुङ
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नै पालिकामा दक्ष खेलाडी उत्पादन गर्न आज देखि पाँच पहिने प्रशिक्षण सुरु गर्ने भएको छ । गाउँ—गाउँमा खेलकुद गतिविधि बढ्दै गएसंगै गाउँपालिकाले दक्ष खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षणको दिन लागेको हो ।
फुटबल र पछिलो समय भलिबल खेल समेत सबैको रोजाइमा बढदै गएसंगै दक्ष खेलाडीहरुको उत्पादन गर्न तिर समेत स्थानीय तहरुले लगानी गर्न थालेको हो । मैवाखोला गाउँपालिकाले खेलसंग आवद्ध खेलाडीलाई पालिका नै दक्ष खेलाडी उत्पादन गर्नका लागि पालिकाले आजबाट पाँच महिना सम्म प्रशिक्षण सुरु गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अनुसार प्रत्येक मध्यमिक विद्यालयबाट यू १४, यू १६ र यू १९ उमेर समूहका विधार्थीहरू प्रशिक्षणमा सहभागी हनेछन् । प्रशिक्षणमा फुटबल तर्फ जिल्ला फुटबल संघ ताप्लेजुङका प्रशिक्षक डी. के. मादेन र भलिबल तर्फ धनकुटाका प्रशिक्षक गणेश तिगेलाले गर्नेछन् । पाँच महिना सम्म चल्ने प्रशिक्षणबाट दुवै विधामा उत्कृष्ट २४ जना खेलाडी छनौट गरिने पालिकाले जनाएको छ । उत्कृष्ट २४ भित्र पर्ने खेलाडीलाई गाउँपालिकाको केन्द्र साँघुमा प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षनले अझ खेल क्षेत्रमा राहत मिल्ने अपेक्षा गरिएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo