श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

शिक्षकलाई टिपिडी तालिम सुरु

पौष १८ गते २०८०
6:22 pm
Author Avatar
फक्ताङलुङ दर्पण

शिक्क्कलाई पेशागत विकास सम्वन्धी सेवाकालिन (टिपिडी)दोस्रो चरणको तालिम दिन सुरु गरेको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको समन्वय र नेपाल सरकारको आर्थिक सहयोगमा दश दिने तालिम सुरुभएको हो ।
ताप्लेजुङका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका १८ जना शिक्षकलाई पेशागत विकास सम्वन्धी सेवाकालिन (टिपिडी)दोस्रो चरणको तालिम दिन सुरु गरेको छ । दश दिन सेवाकालिन तालिमको प्रत्यक्ष प्रशिक्षण र पाँच दिन सम्वन्धित बिद्यालयमा गई तालिम सिकाईको अभ्यासमूलक कार्यको योगफलका आधारमा मूल्याङकन गरी गरी प्रमाण–पत्र दिने गरी तालिम सुरु भएको रिडका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार तालिम सकिएको ४५ दिन भित्र परियोजना कार्य सम्पन्न गरी प्रतिबेदन पेश भएपछि नतिजा प्रकाशन गरिने छ । रिड नेपाल हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा ताप्लेजुङको दुर्गम क्षेत्रका बिद्यालयहरुको शैक्षिक उन्नयनका लागि सञ्चालित परियोजना हो ।
पन्तका अनुसार नेपाल सरकार र रिड नेपालका बीचमा सन् २०१४ मा सेवाकालिन तालिम सञ्चालन सम्वन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सम्वन्धित प्रदेशको शिक्षक तालिम केन्द्रको सहकार्यमा रिडले प्रदान गर्ने यस्तो तालिमको समग्र मूल्याङ्कनका आधारमा नतिजा सहितको प्रमाणपत्र दिईने र यस्तो प्रमाणपत्र सरकारी निकायले प्रमाणीकरण गर्ने र त्यस्तो प्रमाणपत्र सरकारी निकायले जारी सरह हुने छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस्तो प्रकृतिको तालिम लिन सजिलो छैन । कोशी प्रदेशमा बर्षभरीमा आधारभूत तहका ज्यादै न्यून संख्याका शिक्षकका लागि यस्तो तालिमको कोटा भएको र त्यो पनि ताप्लेजुङ सहितका हिमाली तथा पहाडी जिल्लाहरुमा आयोजना हुन कठिनाई भएको बेला रिड नेपालले तालिम आयोजना गरेर स्थानीयलाई मौका दिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले रिड नेपालको प्रशंसा समेत गरेको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo