चासोक तङनामको अवसरमा ताप्लेजुङमा आयोजनाएको अन्तर जिल्ला कञ्चनजंघा सेसेलुङ गोल्ड कपको पहिलो संस्करणको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लब विजेता बनेको छ । बुधबार (आज) भएको फाईनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । उपाधीसँगै चक्रघट्टी फुटबल क्लबले तीन लाख दुई हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको खेल संयोजक दिनेश लिङखिमले बताउनुभयो । त्यस्तै उपविजेता सगरमाथा युथ क्लब मोरङले एक लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्रमा चिक्त बुझाएको आयोकले जनाएको छ। चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोद्वारा प्रतियोगिताको आयोजना गरिएको हो । गत पुष ४ गतेदेखि भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा भई रहेको गोल्डकपमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब सहित आठ टिमको सहभागिता रहेको थियो