श्रावण १० गते २०८३
06:41: AM
श्रावण १० गते २०८३
06:41: AM

कञ्चनजंघा सेसेलुङ गोल्ड कपः आज सुनसरी र पाँचथर सेमी फाइनलमा प्रतिस्प्रर्धा गर्दै

पौष ८ गते २०८०
6:56 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा जारी प्रथम कन्चनजंघा सेसेलुङ गोल्ड कपको आज देखि सेमी फाइनल खेल हुने भएको छ । सुनसरीको सगरमाथा युथ क्लव र पाँचथर फुटबल क्लबसँग प्रतिस्प्रर्धा गर्ने भएको हो ।
सनिवार भएको अन्तिम क्वाटर फाइनल खेलमा बिटि फुटबल क्लब तेह्रथुम लाई ४—० को अन्तरले पराजित गर्दै सुनसरीको सगरमाथा युथ क्लव सेमी फाइनल प्रवेश गरेको हो । सुनसरीको जीतमा पहिलो हाफको २४ औं मिनेटमा विशाल भण्डारीले गोल गर्दै सुरुवाती अग्रता दिलाउनु भएको थियो । पहिलो हाफमा एक गोल गरेको सुनसरीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरुभएको ४ औं मिनेट र २३ औं मिनेटमा भुवन बस्नेतले गोल गर्नुभयो र अन्तिम गोला वीरेन्द्र लिम्बूले ३१ औं मिनेटमा गोल गर्दै सुनसरीले फराकिलो जित दर्ता गरेको हो । फाइनल प्रवेशका लागि आइताबार पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
सनिवारको खेलमा सुनसरीकका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित हुदै उहाँले पुरस्कार पाँच हजार रुपैयाँ प्राप्त गर्नुयो । खेल पुस ११ गते सम्म संचालन हुने छ । प्रतियोगितामा आठ टिमको सहभागिता थियो । प्रथम हुनेलाई ट्रफी मेडल प्रमाण पत्र सहित तीन लाख दुई हजार ८० रुपियाँ प्राप्त गर्दा उपविजेता हुनेले एक लाख ५१ हजार ८० रूपयाँ प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्गखिमले जानकारी दिनुभयो। प्रतियोगिता चासोक तङनामको अवसरमा सञ्चालन गरिएको हो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo