ताप्लेजुङलाई स्तब्ध पार्दै सुनसरीले विजयको सुरुवात
Phaktanglung Darpan
पौष ४ गते २०८०
7:33 pm
फक्ताङलुङ दर्पण
देवेन्द्र बानिया÷ताप्लेजुङ ताप्लेजुङमा आजबाट सुरु भएको प्रथम कन्चनजङ्गा सेसेलुङ गोल्ड कपमा सुनसरीको चक्रघटी युवा क्लब विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ। घरेलु टोली कन्चनजंगा फुङ्लिङ क्लब फुङ्लिङ लाई दुई ,एक ( २—१ ) गोल अन्तरले पराजित गर्दै पाहुना टोली चक्रघटीले सेमीफाइनलमा यात्रा तय गरेको हो । सुनसरीको जितमा आकाश राई नायक भने उनको दुई गोल को मदतले ताप्लेजुङ विरुद्ध जीत हात पर्दै अघिलो चरणमा प्रवेश गरेको हो। ताप्लेजुङका लागि कप्तान अनुप सेन्दाङले एक गोल गरे पनि घरेलु टोली घरेलु मैदानमा दर्शक को साथ पाएको ताप्लेजुङ पहिलो खेल बताई बाहिरिएको हो । सुनसरी विरुद्ध सुरु बताई आक्रमण खेल प्रस्तुत गरेको ताप्लेजुङले खेलको ९ औं मिनेटमा कप्तान अनुपले गोल गर्ने सुनौलो अवसर पाएका थिए तर उनको प्रहार गोल पोस्ट बाट बाहिरी गयो, ५८ औं मिनेटमा शिशिर राईको उत्कृष्ट प्रहार गोल पोस्ट को दिशामा थियो तर सुनसरीका डिफेन्डरको जीउमा ठोकिँदै बल बाहिरिएको थियो। ताप्लेजुङको लागि यो समेत बराबरी बनाउने मौका थियो तर खेल भए पाहुना टोली माथि हावी देखिएको ताप्लेजुङले खेल भए पाएका अवसरलाई जाली चुमाउन नसक्दा पराजित भएको हो। भोलि हुने खेलमा पाँचथर स्पोर्टिङ क्लब पाँचथर र जलथल युवा क्लब झापा बीच खेल हुने आयोजकले जनाएको छ । आजको खेलको म्यान अफ दि म्याच सुनसरीका आकाश राई घोषित भएका थिए उनले नगद ५ हजार प्राप्त गरेका छन्। खेल पुस ११ गते सम्म संचालन हुने छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेकोछ। प्रथम हुनेलाई ट्रफी मेडल प्रमाण पत्र सहित नगद रु ३ लाख २ हजार ८० रुपियाँ प्राप्त गर्दा उपविजेतामा सिमित हुने टिमले १ लाख ५१ हजार ८० रूपयाँ प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्गखिमले जानकारी दिनुभयो। प्रतियोगिता चासोक तङनाम ५०८३ को असारमा सञ्चालन गरिएको हो। फाइल तस्बिर