ताप्लेजुङका किसानहरुले वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदे बालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने सम्भावना देखि पछि किसानले किवी खेतीलाई वैकल्पिक खेतीको रुपमा विस्तार गर्दै लगेको हो ।
फुङ्लिङ नगरपालिका—११ बमबहाद्र भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजनुभएको छ । अलैँचीको विकल्पका रुपमा किवी देती विस्तार गर्दै लैजानुभएको उहाँले बताउनुभयो । अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाब आइरहेने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लैजानुभएको भट्टराईको भनाइ छ । सोही वडाका लाली खर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसंगै लाली खर्क ओझेलमा पर्दै गए पछि सुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गर्नु भएको छ ।
लाली खर्कमा पर्यटक आउ जाउ शुन्य भयो । होटलहरु बन्द भयो । छरछिमिक घर छोडेर बसाई सरेर गए । पर्यकहरुको खचाखच हुने लाली खर्कका फाँटहरुमा उराठ लाग्न थाल्यो । पर्यटकहरुको क्याम्प क्षेत्र सुनसानभएसंगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइ सरेर गएका छन् । घरहरु भने त्यतिकै छ । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लाली खर्कका फाँटहरुमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तिमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लाली खर्कका फाँटहरुमा किवीको बोटहरु झाँकीन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बूले बताउनुभयो । अर्को वर्ष देखि व्यवसायीक उत्पादन हुने लिम्बूले बताउनुभयो । कृषि ज्ञान केन्द्र ताप्लेजुङले पाँच लाख रुपैयाँ अनुदान दिएको कृषी ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको लिम्बूले बताउनुभयो ।
ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ नगरपालिका –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो ।
आजभन्दा छ वर्षअघि व्यावसायिक किवी खेती सुरु गर्नुभएका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताउनुभयो । उहाँले गतवर्ष किवीबाट दुई लाख ५० हजार रुपियाँ आम्दानी गरेको र यसवर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।
उहाँजस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजंघा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् ।
एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा गाउँपालिका –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताउनुभयो । सुरुमा जिल्लामा किवी खेती बिस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताउनुभयो ।
आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उहाँको भनाइ छ । बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका उहाँले बताउनुभयो ।
किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम २५० रुपियाँसम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताउनुभयो ।
फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो ६०० रूपैयाँसम्म खरिद÷बिक्री भएको किसानहरुको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताउनुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताउनुभयो ।…
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखु स्थित किसानले लगाएको किवी खेती । तस्बिरः दिलकुमार लिम्बू
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
