भाद्र २६ गते २०८३
09:56: PM
भाद्र २६ गते २०८३
09:56: PM

पर्यटकको पार्खाइमा लोदेनको छोनासिङ पोखरी

भाद्र २४ गते २०८३
11:09 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटको हरियालीबीच अवस्थित अण्डाकार आकृतिको यो पोखरी यस क्षेत्रको प्रमुख पर्यटकीय सम्पदामध्ये एक हो । ताप्लेजुङ हिमाल, पहाड, धार्मिक र साहसिक गन्तव्यका लागि चिनिएको जिल्ला हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, धार्मिक आस्थाको प्रतीक पाथीभरा, बुकी फुलले भरिएका फाँट र प्राकृतिक पोखरीहरुले पर्यटकलाई लोभ्याउने गर्छन् । यिनै गन्तव्यहरुमध्ये लोदेन क्षेत्र पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक सम्भावनायुक्त स्थल हो । हरेक वर्ष जडिबुटी संकलन गर्दै आएका मिलन लिम्बूका अनुसार, हरियाली घाँसे मैदानमा अवस्थित लाम पोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यद्यपि अहिलेसम्म कुनैपनि निकायले यसको वैज्ञानिक अध्ययन वा मापन गरेको छैन । छोनासिङ पोखरी (लाम पोखरी) समेत भनेर चिनाउने गरेका छन ्। मिक्वाखोला–५ का वडा सदस्य तोप्ला शेर्पाका अनुसार, यस पोखरीसँग अनेकौं किंवदन्ती कथाहरू जोडिएका छन् । उहाले भन्नुयो , “यहाँ आउने जो कोही पोखरीको सौन्दर्यले मन्त्रमुग्ध हुन्छन् । पोखरीको नजिक पुगेर फोटो वा भिडियो खिचेपछि मात्रै फर्कन्छन् ।” पोखरीको चारैतिर फैलिएको हरियाली, टाढासम्म देखिने हिमाली भू–दृश्य र आकाशमा तैरिने हिउँजस्ता बादलहरुले यो क्षेत्रलाई अपूर्व बनाउँछन् । यस पोखरीलाई नीलो शान्त पानी र चुपचाप बसिरहेको स्वरूपले प्रकृतिको कविता जस्तै बनाएको छ । शेर्पा समुदायका अनुसार पोखरी प्राकृतिक सम्पदा मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण स्थल हो । यहाँ आउने पर्यटकहरु पोखरीको छेउमै बसेर शान्तिको अनुभूति गर्छन् र त्यो क्षणलाई तस्बिर र भिडियोमा कैद गरेर फर्कन्छन् । मिक्वाखोला–५ सिम्बुकका स्थानीय पान्दे शेर्पाका अनुसार, “पोखरी नजिक पुगेर हेर्दा आत्मा नै भावुक हुन्छ । त्यहाँको सौन्दर्यले मनको गहिराईसम्म छुन्छ ।” उच्च हिमाली भूभागमा पर्ने यो क्षेत्रमा अहिले पनि न त मानव बस्ती छ, न होटल वा होमस्टे । बसोबासका लागि याक गोठ र भेडी गोठमा निर्भर रहनुपर्छ । केही स्थानमा समुदायले आफन्तको सम्झनामा बनाएका पाटी तथा धर्मशालाहरूमा रात बिताउन सकिन्छ । खाद्य सामग्री समेत पर्यटकले आफै जोहो गरेर लैजानुपर्ने हुन्छ । स्थानीय गाइड पान्दे शेर्पाका अनुसार, पर्यटकलाई यहाँ एक सातासम्म घुम्न समय लाग्छ । गाउँपालिकाले पछिल्लो समय लाम पोखरी क्षेत्रको प्रवद्र्धनमा चासो देखाउन थालेको छ ।

18:15

Compose

Write to सिक्कुम फुरुम्बाे चरपे

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo