मंसिर ४ गते २०८३
07:13: PM
मंसिर ४ गते २०८३
07:13: PM

किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङ यूकेद्वारा बलिहाङ तङ्नाम भव्य रूपमा सम्पन्न

मंसिर १ गते २०८३
6:06 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो ‘चरपे’, बेलायत।

किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङ यूकेको आयोजनामा लिम्बू समुदायको मौलिक सांस्कृतिक पर्व बलिहाङ तङ्नाम यस वर्ष पनि भव्य रूपमा मनाइएको छ।

गत शनिबार (१४ नोभेम्बर २०२६) बेलायतको आस्फोर्डस्थित क्राइस्ट चर्चको सभाहलमा आयोजित कार्यक्रममा नाम्लिङ्गेक, लारिङ्गेक तथा देउसी–भैलो प्रस्तुतिसहित बलिहाङ तङ्नाम हर्षोल्लासका साथ मनाइएको हो।

किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङ यूकेकी अध्यक्ष मनमाया नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष दीपेन्द्र यक्सो प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आस्फोर्डका अध्यक्ष सुन्दर लिङथेप, रश्मोर शाखाका अध्यक्ष थान नाल्बो, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष मोहन सोदेम्बा, आदिवासी जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरी साम्यु, सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका पूर्वअध्यक्ष डम्बर सिंगक, सल्लाहकार काजीमान यक्सो, गोर्खा मेजर पदम आङबुहाङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङ र गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङको उपस्थिति थियो।

त्यसैगरी, किरात राई यायोक्खा यूकेका महासचिव गंगाराज राई, किरात राई यायोक्खा कलाकार संघकी उपाध्यक्ष निर्मला मादेन, किरात राई यायोक्खा प्रारम्भिक शाखा आस्फोर्डकी अध्यक्ष शिवानी राई तथा किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय सदस्य टंक येङदेनलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि दीपेन्द्र यक्सोले बलिहाङ तङ्नामको अवसरमा शुभकामना व्यक्त गर्दै किरात याक्थुङ चुम्लुङ यूके र थामेन्दिङ्माबीच हुँदै आएको सहकार्यको प्रशंसा गरे। उनले आगामी दिनमा पनि आपसी सहकार्य र एकतालाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष गौरी इवाले स्वागत मन्तव्य राखेकी थिइन् भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव शुभ नेम्बाङ साम्युले गरेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मनमाया नेम्बाङले अतिथि, सहभागी तथा कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्ति र संस्थाहरूप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेकी थिइन्।

यसरी बेलायतमा रहेका लिम्बू समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बलिहाङ तङ्नामलाई सामूहिक रूपमा उत्साहपूर्वक मनाएका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo