श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

धनकुटालाई हराउँदै आठराई सेमी फाइनलमा प्रवेश

पौष ६ गते २०८०
7:06 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानिया/ताप्लेजुङ
ताप्लेजुङमा जारी प्रथम कन्चनजङ्गा सेसेलुङ गोल्ड कपमा तेस्रो क्वाटर फाइनल खेलमा तेहृथुमको आठराई गाउँपालिका विजय हुँदै छ सेमी फाइनलमा पुग्ने तेस्रो टोली बनेको छ।
आठराईको जितमा दोस्रो हाफको १३ औं मिनेटमा नीहान लिम्बूले गोल गर्दै सुरुवाती अग्रता लिएको आठराईको अन्तिम समय सम्म जोगाउँदै जीत हासिल गरेको हो। को एक मात्र गोल गरेका थिए। धनकुटालाई केही अवसर प्राप्त गरे पनि गोल गर्न असफल रहँदै पहिलो खेल बताई घर फिर्ता भएको जनाइएको छ ।
अब फाइनल प्रवेशका लागि आठराई गाउँपालिका तेह्रथुमले पुस ८ गते सुनसरीको चक्र फुटबल क्लब संग प्रतिस्पर्दा गर्ने छ। अन्तिम क्वाटर फाइनल खेलमा भोलि तेहृथुम को बिटि फुटबल क्लब र मोरङ को सगरमाथा युथ क्लव बीच खेल हुने आयोजकले जनाएको छ। खेल पुस ११ गते सम्म संचालन हुने छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेकोछ। प्रथम हुनेलाई ट्रफी मेडल प्रमाण पत्र सहित नगद रु ३ लाख २ हजार ८० रुपियाँ प्राप्त गर्दा उपविजेतामा सिमित हुने टिमले १ लाख ५१ हजार ८० रूपयाँ प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्गखिमले जानकारी दिनुभयो। प्रतियोगिता चासोक तङनाम ५०८३ को असारमा सञ्चालन गरिएको हो।

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo