फुङ्लिङ नगरपालिका—११ लाली खर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिलमाल जाने पर्यटकहरुले फुङ्लिङ देखि पहिलो क्याम हो लाली खर्क । विगतका वर्षहरुमा लाली खर्क क्षेत्र पर्यटकहरुको भरिभरौं हुन्थो । तर अहिले किवीको बोट झाङ्कीएर लाली खर्क भरिभरौ भएको छ । सरमुकाम फुङ्लिङ बजार देखि सुकेटार विमान स्थल हुदै लाली खर्क भएर सडक विस्तार भएसंगै लाली खर्क ओझेलमा पर्दै गयो । असोज,कात्तिक र मंसिर महिना पर्यटकहरुको खचाखच हुने लाली खर्क विस्तारै सुनसान जस्तै बन्दै गयो । पर्यटकहरुको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरी समेत किन बेच भएको थियो । धेरैले लाली खर्कमा घडेरी किनेर पर्यटन लक्षित गरेर होटलहरु सञ्चालन गर्नु भएको थियो । लाली खर्कलाई चिरेर बिचमा पारेर सडक अहिले सिरिजंगा गाउँपालिकाको मांमाखे पुगे छ । यस पदमार्ग हुदै जाने पयटकहरु गाडीमार्फ हुत्तीएर मामांखे पुग्न थाल्यो । लाली खर्कका होटल व्यवसायी भने धुलो खादै बस्नु पर्ने समय आए पछि बसाई सराई जान थालेको स्थानीय भाइरहेको छ । लाली खर्क क्षेत्रमा विगतमा होटलहरु खचाखच हुने ठाउमा अहिले बसाइसाराईले घरहरु खाली भएको छ । विगतमा १३ वटा होटल सञ्चालनमा थियो तर अहिले तीन वटा घर मात्र लाली खर्कमा बसोबास गर्दै आएको स्थानीय धन बहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो“अहिले लाली खर्क पहिलेको जस्तै छैन । सुनसान भएको छ । मेरो पनि परिवार सबैले घर छोडेर गइसकेका छन् । दुई चार वटा गाई बस्तुहरु छन् त्यै भएर म यतै छु । किन्ने आएमा बिक्री गरेर म पनि जाने सोचमा छु ।” लाली खर्कमा पर्यटक आउ जाउ शुन्य भयो । होटलहरु बन्द भयो । छरछिमिक घर छोडेर बसाई सरेर गए । पर्यकहरुको खचाखच हुने लाली खर्कका फाँटहरुमा उराठ लाग्न थाल्यो । पर्यटकहरुको क्याम्प क्षेत्र सुनसानभएसंगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइ सरेर गएका छन् । घरहरु भने त्यतिकै छ । घरमा होटलको साइन बोर्डहरु समेत देखन सकिन्छ । तर अहिले कहि कतै एउक गिलास चियार पनि पाइन्दैन् । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लाली खर्कका फाँटहरुमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तिमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किबी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लाली खर्कका फाँटहरुमा किवीको बोटहरु झाँकीन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो“यो साल पनि राम्रो फलेको छ, तर व्यवसायीकरुपमा आउँदो वर्ष देखि चाहि हुन्छ ।” लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटहरुमा २ देखि ४ केजी सम्मको फल रहेको लिम्बूले बताउनुभयो । अर्को वर्ष भने राम्रो उत्पादन हुने संकेत देखिएको लिम्बूले बताउनुभयो । किवी विस्तार गरेसंगै लिम्बू आप्mनो नाममा लाली खर्क कृषी फार्म दर्ता गर्नुभएको छ । फार्मको उदेश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले पाँच लाख रुपैयाँ अनुदान दिएको कृषी ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको लिम्बूले बताउनुभयो । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा पाँच÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो ६०० रूपैयाँसम्म खरिद÷बिक्री भएको किसानहरुको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताउनुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताउनुभया