श्रावण १ गते २०८३
03:11: AM
श्रावण १ गते २०८३
03:11: AM

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

कार्तिक २ गते २०८०
7:29 am
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ नगरपालिका—११ लाली खर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिलमाल जाने पर्यटकहरुले फुङ्लिङ देखि पहिलो क्याम हो लाली खर्क । विगतका वर्षहरुमा लाली खर्क क्षेत्र पर्यटकहरुको भरिभरौं हुन्थो । तर अहिले किवीको बोट झाङ्कीएर लाली खर्क भरिभरौ भएको छ ।
सरमुकाम फुङ्लिङ बजार देखि सुकेटार विमान स्थल हुदै लाली खर्क भएर सडक विस्तार भएसंगै लाली खर्क ओझेलमा पर्दै गयो । असोज,कात्तिक र मंसिर महिना पर्यटकहरुको खचाखच हुने लाली खर्क विस्तारै सुनसान जस्तै बन्दै गयो । पर्यटकहरुको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरी समेत किन बेच भएको थियो । धेरैले लाली खर्कमा घडेरी किनेर पर्यटन लक्षित गरेर होटलहरु सञ्चालन गर्नु भएको थियो ।
लाली खर्कलाई चिरेर बिचमा पारेर सडक अहिले सिरिजंगा गाउँपालिकाको मांमाखे पुगे छ । यस पदमार्ग हुदै जाने पयटकहरु गाडीमार्फ हुत्तीएर मामांखे पुग्न थाल्यो । लाली खर्कका होटल व्यवसायी भने धुलो खादै बस्नु पर्ने समय आए पछि बसाई सराई जान थालेको स्थानीय भाइरहेको छ । लाली खर्क क्षेत्रमा विगतमा होटलहरु खचाखच हुने ठाउमा अहिले बसाइसाराईले घरहरु खाली भएको छ । विगतमा १३ वटा होटल सञ्चालनमा थियो तर अहिले तीन वटा घर मात्र लाली खर्कमा बसोबास गर्दै आएको स्थानीय धन बहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो“अहिले लाली खर्क पहिलेको जस्तै छैन । सुनसान भएको छ । मेरो पनि परिवार सबैले घर छोडेर गइसकेका छन् । दुई चार वटा गाई बस्तुहरु छन् त्यै भएर म यतै छु । किन्ने आएमा बिक्री गरेर म पनि जाने सोचमा छु ।” लाली खर्कमा पर्यटक आउ जाउ शुन्य भयो । होटलहरु बन्द भयो । छरछिमिक घर छोडेर बसाई सरेर गए । पर्यकहरुको खचाखच हुने लाली खर्कका फाँटहरुमा उराठ लाग्न थाल्यो । पर्यटकहरुको क्याम्प क्षेत्र सुनसानभएसंगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाइ सरेर गएका छन् । घरहरु भने त्यतिकै छ । घरमा होटलको साइन बोर्डहरु समेत देखन सकिन्छ । तर अहिले कहि कतै एउक गिलास चियार पनि पाइन्दैन् ।
स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लाली खर्कका फाँटहरुमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तिमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किबी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लाली खर्कका फाँटहरुमा किवीको बोटहरु झाँकीन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो“यो साल पनि राम्रो फलेको छ, तर व्यवसायीकरुपमा आउँदो वर्ष देखि चाहि हुन्छ ।” लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटहरुमा २ देखि ४ केजी सम्मको फल रहेको लिम्बूले बताउनुभयो । अर्को वर्ष भने राम्रो उत्पादन हुने संकेत देखिएको लिम्बूले बताउनुभयो ।
किवी विस्तार गरेसंगै लिम्बू आप्mनो नाममा लाली खर्क कृषी फार्म दर्ता गर्नुभएको छ । फार्मको उदेश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले पाँच लाख रुपैयाँ अनुदान दिएको कृषी ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको लिम्बूले बताउनुभयो ।
फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा पाँच÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो ६०० रूपैयाँसम्म खरिद÷बिक्री भएको किसानहरुको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताउनुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताउनुभया

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo