ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ५१ हजार ७६४ रुपैयाँ जम्मा गरेको छ ।
गाउँपालिकाको ६८औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु ९दिपेन०का अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरिएको छ । त्यस्तै गाउँपालिकामा रहेका २८ जना जनप्रतिनिधिको १५ दिनको सेवासुविधाबापत एक लाख ७७ हजार ४५७ रुपैयाँ संकलन गरिएको छ ।
त्यसैगरी गाउँपालिकाभित्र कार्यरत १०२ जना कर्मचारीको आधारभूत तलबको १० प्रतिशतले हुन आउने तीन लाख ७४ हजार ३०७ रुपैयाँ पनि कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले बताउनुभयो ।
गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीबाट रकम संकलन गरी कोषमा जम्मा गरेको जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
