श्रावण १० गते २०८३
11:43: AM
श्रावण १० गते २०८३
11:43: AM

सर्वोच्च अदालतले व्यक्तिका घर र कार्यालयमा निर्बाध रूपमा सजाइएका आखेटोपहारलाई अवैध ठहर्‍याउँदै तिनको जफत गर्न एवं अपराध देखिए संलग्नलाई दण्डित गर्न परमादेश दिएको मुद्दाको फैसलाको पूर्ण पाठ दुई वर्ष बित्दा पनि आएन।

वैशाख १५ गते २०८२
3:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले वातावरण एवं वन्यजन्तु संरक्षणकर्मी कुमार पौडेललाई इजलासमा सोधेकी थिइन्, “अब त तपाईंलाई न्याय महसूस भयो नि होइन रु”

पौडेलको जवाफ थियो, “यो कार्यान्वयन भयो भने म मात्र होइन, सबै संरक्षणकर्मी र आममानिसलाई न्यायको महसूस हुन्छ, श्रीमान्१”

प्रसंग दुई वर्षअघिको हो। शान(शौकत र धार्मिक प्रयोजनले व्यक्तिका घर, कार्यालयमा गैरकानूनी रूपमा वन्यजन्तुका आखेटोपहार राखिने प्रवृत्तिले वन्यजन्तु सम्बन्धी अपराधलाई उक्साइरहेको भन्दै त्यसलाई रोक्न माग राखी पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। रिटमा मागिएका सबै कुरा जारी भएको निर्णय सुनाइसकेपछि न्यायाधीश प्रधानले यस्तो प्रश्न सोधेकी थिइन्।

२०७५ सालमा हालिएको रिटबारे पाँच वर्षपछि फैसला गर्दै प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले परमादेश जारी गरेको थियो। सोखका रूपमा वन्यजन्तुका अंग संग्रह गर्ने, सजाउने जस्ता कार्यलाई रोक लगाउनेगरी भएको उक्त निर्णय पर्यावरण संरक्षण र अनुसन्धानको क्षेत्रमा कोशेढुंगा बन्ने संरक्षणकर्मीको अपेक्षा थियो। तर अहिलेसम्म फैसलाको पूर्ण पाठ नआउँदा पौडेलले इजलासमा जवाफ दिए जस्तै न्याय टाढाको विषय बनेको छ। “मुद्दा जितिएको छ, तर पूर्ण पाठ नआउँदा न्याय पाएको आभास छैन,” रिटकर्ताका तर्फबाट बहस गरेका अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्।

रिटमा व्यक्तिका घर, कार्यालयमा अवैध रूपमा राखिएका आखेटोपहारको लगत संकलन गर्न, अपराध देखिए संलग्नहरूलाई दण्डित गर्न, संकलित आखेटोपहारको संरक्षण गर्न परमादेश मागिएको थियो। इजलासमा न्यायाधीश प्रधानले माग गरिएका सबै परमादेश जारी गरिदिएको बताएकी थिइन्।

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिंदा पृष्ठभूमिमा टाँगिएको बाघको आखेटोपहारलाई रिटमा प्रमाणका रूपमा राखिएको थियो। वन्यजन्तु मारेको तथा ओसारपसार गरेको कसूरमा जेल पठाइनेमा प्रायः कमजोर आर्थिक अवस्था भएकाहरू हुने गरेका छन्। आखेटोपहारको निर्बाध उपभोगबाट गैरकानूनी बजार सिर्जना गराउनमा प्रत्यक्ष(अप्रत्यक्ष भूमिका रहेका प्रभावशाली व्यक्तिहरू भने कारबाहीबाट बाहिरै छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo