काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको सहमति बिना केबलकार निर्माण नगर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति बिना केबलकार निर्माण थालिएको भन्दै आपत्ति जनाए। उनले भने, "विकासको विरोध कसैले गर्दैन, तर अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) १६९ अनुसार स्थानीय समुदायको सहमति लिनुपर्छ। स्वीकृति नलिई सरकारले पाथीभरा क्षेत्रका जनतालाई जबरजस्ती गर्न मिल्दैन।"
यसैबीच, ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधानका लागि सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलबार ६ बुँदे सहमति भएको छ। सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ। सहमतिअनुसार हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गरिनेछ
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
