ताप्लेजुङको मैवाखोला गाउँपालिका—२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा हराएका दुई बालबालिकामध्ये सोमबार एक मृत फेला परेको छ । बेपता भएकाी १२ वर्षीय आइतरानी शेर्पाको मृत अवस्थामा आठराई त्रिवेणी गाउँपालिका—४ ओडारे भन्ने स्थानमा फेला परेको हो । गत असोज १८ गतेदेखि हराइरहेकी १२ वर्षीय आइतरानी शेर्पाको शव आठराई त्रिवेणी गाउँपालिका —४ ओडारे भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । एकै समयमा हराएका वर्ष ११ का सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् । उनको खोजी भइरहेको रावलले जानकारी दिएका छन् । फाइलःतस्बिर