श्रावण १० गते २०८३
01:55: PM
श्रावण १० गते २०८३
01:55: PM

पौडी खेल्ने क्रममा बेपता दुई मध्ये एक मृत फेला

असाेज २८ गते २०८१
8:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिका—२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा हराएका दुई बालबालिकामध्ये सोमबार एक मृत फेला परेको छ । बेपता भएकाी १२ वर्षीय आइतरानी शेर्पाको मृत अवस्थामा आठराई त्रिवेणी गाउँपालिका—४ ओडारे भन्ने स्थानमा फेला परेको हो ।
गत असोज १८ गतेदेखि हराइरहेकी १२ वर्षीय आइतरानी शेर्पाको शव आठराई त्रिवेणी गाउँपालिका —४ ओडारे भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । एकै समयमा हराएका वर्ष ११ का सन्देश बराइली भने अझै बेपत्ता रहेका छन् । उनको खोजी भइरहेको रावलले जानकारी दिएका छन् ।
फाइलःतस्बिर

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo