श्रावण १० गते २०८३
02:54: PM
श्रावण १० गते २०८३
02:54: PM

ताप्लेजुङमा बुवाको हत्या गर्ने छोरा पक्राउ

असाेज १७ गते २०८१
9:18 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा बुवाको हत्या आरोपमा गर्ने छोरा पक्राउ परेको छ । मेरिङदेन गाउँपालिका–१, ओख्राबुका ३० वर्षीय सुमन ओख्राबुलाई बुवाको हत्या आरोपमा पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, ओख्राबुले ५६ वर्षीय श्याम बहादुर लिम्बूलाई धारिलो हतियार बाम्फोकले आक्रमण गरी हत्या गरेका हुन् । प्रहरीका अनुसार, बिहीबार बिहान करिब साढे ७ बजे घरायसी विवादका क्रममा ओख्राबुले बाम्फोक प्रयोग गरी बुवाको शरीरमा प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या घरायसी विवादका कारण भएको पुष्टि भएको छ । ओख्राबुलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखिएको छ । उहाँलाई इलाका प्रहरी कार्यालय दोभान र सान्थाक्रा प्रहरी चौकीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo