ताप्लेजुङको सदरमुकामम फुङ्लिङमा बन्द र अवरोध निषेध गर्ने भएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीहरूको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थाहरूमा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो । नगरपालिकाको ४५औं कार्यपालिकाको बैठकले शुक्रबार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीहरूको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने ठोस निर्णय लिएको हो । नगरपालिकाको अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछा । नगर प्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकहरूको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरेका छन् । उहाँले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दल वा समूहले बन्दको आवहान गर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । नेपालीहरूको महान चाडपर्वहरू नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकहरूको सहज यात्रा गर्न समेत नगरपालिकाले आग्रह गरेका छन् ।…