श्रावण १० गते २०८३
02:52: PM
श्रावण १० गते २०८३
02:52: PM

फुङलिङ बजारमा अब बन्द र अवरोध गर्न निषेध

भाद्र २१ गते २०८१
6:13 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकामम फुङ्लिङमा बन्द र अवरोध निषेध गर्ने भएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीहरूको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थाहरूमा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको ४५औं कार्यपालिकाको बैठकले शुक्रबार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीहरूको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने ठोस निर्णय लिएको हो । नगरपालिकाको अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछा ।
नगर प्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकहरूको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरेका छन् । उहाँले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दल वा समूहले बन्दको आवहान गर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपालीहरूको महान चाडपर्वहरू नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकहरूको सहज यात्रा गर्न समेत नगरपालिकाले आग्रह गरेका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo