ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका—४ बस्ने वर्ष २३ का अर्जुन कुमार महतो पक्राउ परेको हो । १२ वर्षीय एक बालिकालाई गत भदौ १० गते जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धानको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो । प्रहरीका अनुसार पीडित बालिकाको उजुरीको आधारमा महतोलाई अनुसन्धानको क्रममा फुङ्लिङ नगरपालिका—४ स्थित घरबाट पक्राउ गरेको हो । उहाँलाई ताप्लेजुङ जिल्ला अदालतमा म्याद थप अनुमति अनुसार ५ दिनसम्म हिरासतमा राखी थप अनुसन्धान गरिनेछ ।