श्रावण १० गते २०८३
09:40: AM
श्रावण १० गते २०८३
09:40: AM

तिहारमा किनमेल बढ्दो

कार्तिक २६ गते २०८०
11:15 am
Author Avatar
फक्ताङलुङ दर्पण
  • फाईल तस्बिर

देबेन्द्र बानियाँ/ताप्लेजुङ
दीपावली सुरुभएसंगै तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार सुरुभएसै ताप्लेजुङ मुख्य बजार फुङ्लिङ , दोभान क्षेत्रका व्यापारिक केन्द्रमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । ताप्लेजुङका तोक्मे डाँडा, दोबाटो, वीरेन्द्र चोक, कोप्चे लगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ । तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न गरेका छन्,जिल्लाका सबै ठाउँमा समान किन्न आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको बताइएको छ।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ । त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ ।

किनमेल बड़े सँगै बजार सुनसान हुँदा गाउँ घरमा भने बजार बाट घर जाने सङ्ख्या बढ्दै गयो छ।भाई टिकाका दिन दाजभाइलाई लगाइदिने मखमली,सयपत्रीको तथा दुबोको छुटै महत्त्व रहेको छ। मखमली कहिले ओइलाउदैंन,सयपत्रीको रङकहिल्यै उडेर जाँदैन भने दुबो सधैं हरियै रहने विश्वास रहेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo