ताप्लेजुङ, गायक सायल हेल्लोक लिम्बूको म्यूजिक भिडियो बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले गर्नुभएको छ । सो गीतमा राम सिटौलाले संगित भर्नुभएको छ । आर्थिक समस्याले सन्तानको भविष्य सुन्दर बनाउन विदेश जानुपर्ने बाध्यता दर्शाउन खोजिएको उक्त गितमा नेपाली मौलिकता र बास्तविकता झल्किएको निर्देशक आचार्यले बताउनुभयो । विदेशमा पैसा कमाएर परिवारलाई सुख दिलाउन विदेशीएको एक युवाले विदेशमा पुगेर आफ्नो परिवारलाई सम्झिएको कथा बस्तुमा समेटिएको छ । आफ्ना रहर सपना छोडेर परिवारको लागि जिम्मेवारी र भविष्यका लागि बिदेश नेपाली युवाले भोग्नु परेको पीडा र भोगाईलाई मुख्य कथा बस्तु बनाएको सायल लिम्बूले बताउनुभयो । आइ पि आचार्य र अम्रिता क्षेष्ठको मुख्य भुमिका रहेको उक्त म्यूजिकल मुभीमा नमस्ते दिवाकर घिमीरे, बाल कलाकार अपेक्षा रेग्मी र राज पौडेलको पनि अभिनय रहेको छ । भिडियोको कथा तथा लेखन मोडल आइ पि आचार्य र निदेर्शक टिकाराम स्वयमको रहेको छ । भिडियोलाई काठमाडौको चोभार आसपासका क्षेत्रमा छाँयाङकन गरिएको प्रोर्डकसन म्यानेजर अर्जुन कुटुवालले जानकारी दिनुभयो ।