श्रावण ५ गते २०८३
04:07: AM
श्रावण ५ गते २०८३
04:07: AM

घाइते चालकलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर

असाेज १२ गते २०८०
5:53 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया /ताप्लेजुङ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ मा बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जन गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक मेरिङदिन गाउँपालिका वडा नं १ थिङलाबुका २८ वर्षिय अनिल शेर्पा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक डिएस्पी राजन लिम्बू का अनुसार मेची राजमार्ग स्थित फुङ्लिङ नगर पालिका वडा नं ७ ऐश्रर्य चोकमा आज करिब तीन बजेको को समयमा १ ज २२७ नम्बरको बोलेरोले र प्रदेश १०३००१ प ४२९० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो।
बोलेरो धरानबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आइरहेको र विपरीत दिशा जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।घाइते शेर्पाको टाउको छाती साथै दुवै खुट्टामा चोट लागेको र जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचार पछि जिल्ला बाहिरी घाइतेको रेफर गरिएको छ।बोलेरो चालक सोही गाउँपालिका वडा नं ६ नाल्बो का २२ वर्षिय ग्याबु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo