श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

तिरीङ्गेलाईहराउँदै प्रथम वडा अध्यक्ष कप विजेता बने थुम्बेदिन

असाेज २ गते २०८०
7:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानियाँ÷ताप्लेजु
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—८ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिका—६ थुम्बेदिनले जितेको छ, मंगलबार भएको फाइनलमा तिरिङ्गे लाई २—३ को सेटमा पराजित गर्दै प्रथम वडा अध्यक्ष कप भलिबलको उपाधि थुम्बेदिनले जितेको हो।
फुङ्लिङ ८ स्थित नामले पार्टीमा भएको फाइनल खेल निकै प्रतिस्पर्दा थियो दुवै टिमले दुई )दुई सेट जितेका थिए निर्णायक सेटमा तिरिङ्गे लाई स्तब्ध पार्दै थुम्बेदिनले उपाधि सहित ट्रफि मेडल प्रमाण पत्र सहित नगद रु ८० हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको तिरिङ्गेले ट्रफी मेडल प्रमाण पत्र सहित नगद रु ५० हजार प्राप्त गरेको वडा अध्यक्ष छितिज सुनुवारलाई फक्ताङ्लुङ दर्पण ताप्लेजुङलाई जानकारी दिनुभयो।

गत ३० गते बाट सुरु भएको प्रतियोगितामा जिल्ला भएका २१ ओटा वडाका टिमको सहभागिता रहेको थियो,। खेलकुदको माध्यमबाट जिल्लामै युवा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने मुख्य उदेश्यले खेल आयोजना गरिएको वडा अध्यक्ष सुनुवारको भनाइ छ। भलिबल खेलमा ताप्लेजुङ सम्बाभित खेलाडी उत्पादन गर्ने सक्ने जिल्ला रहेकोले यहाँको भूगोल र बनावटको आधारमा प्रत्येक पालिका र वडा झुट्न सक्दा भोलि ताप्लेजुङ समेत खेलाडी उत्पादन थलो बन्ने बताइएको छ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय खगेन सिंह हाङ्गाम ,फुङ्लिङ नगरपालिका प्रमुख, अमीर मादेन, उप प्रमुख भिमा देवी ओझा, प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्जोङ , जिल्ला समन्वय प्रमुख छिरिङ लामा, जिल्ला भलिबल ताप्लेजुङ अध्यक्ष विमल भण्डारी सहित सञ्चार कर्मी र स्थानियले खेलको अवलोकन गरेका थिए।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo