मंसिर ४ गते २०८३
01:41: AM
मंसिर ४ गते २०८३
01:41: AM

लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा

कार्तिक २८ गते २०८३
1:52 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु (फुरुम्बो चरपे) /आस्फोर्ड, बेलायत

कोशी प्रदेशसभाबाट लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने विधेयक सर्वसम्मतिले पारित भएसँगै स्वदेश तथा विदेशमा खुसीयाली छाएको छ।

यसै अवसरमा याक्थुङ कल्चर एण्ड हेरिटेज युकेले गत मंगलबार (२०८३ कात्तिक २४ गते) बेलायतको आस्फोर्डमा दीप प्रज्वलन गरी खुसीयाली मनाएको छ।

संस्थाको आयोजनामा आस्फोर्डस्थित कोदोको फ्याक्ट्रीको सभाहलमा आयोजित कार्यक्रम गणेश इजम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दीप प्रज्वलनका साथै एकदिने लिम्बू लिपि सिकाइ प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो।

नेपालबाट सांगीतिक यात्राका क्रममा बेलायत पुग्नुभएका गायक, सञ्चारकर्मी तथा लिम्बू भाषा शिक्षक राजेन्द्र केरुङ र सिक्किमका ज्ञानु फुरुम्बो चरपेले भाषा तथा लिपिसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

संस्थाको पहल तथा आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई भाषा उत्सवका रूपमा समेत मनाइएको थियो। सो अवसरमा लिम्बुवान भूमिको नक्सा तयार गरी त्यसमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले लिम्बू भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउनु र आफ्नै मौलिक लिपिमा भाषा सिक्ने तथा पढ्ने अवसर प्राप्त हुनु खुसीको विषय भएको बताएका थिए।

लिम्बू भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउनु याक्थुङ भाषा, लिपि र लिम्बू समुदायको भाषिक पहिचान संरक्षण तथा प्रवर्द्धनका दृष्टिले ऐतिहासिक उपलब्धि भएको सहभागीहरूको भनाइ थियो।

उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा संघसंस्थाका प्रतिनिधि र व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव सकुन यक्पाङदेन नेम्बाङ, किरात याक्थुङ चुम्लुङ थामेन्दिङ माः युकेकी अध्यक्ष मनमाया नेम्बाङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्वअध्यक्ष सिरी साम्यु, पूर्वमहासचिव विश्वासदीप तिगेला, संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेका महासचिव सुरेन्द्र थेबे, युमा साम्यो महासभा युकेका अध्यक्ष दिल पालुङवा, सिरी तेम्बे, शिखर सम्बाहाङ्फे र जितेन्द्र चेम्जोङलगायतको उपस्थिति थियो।

कार्यक्रम संस्थाका सचिव लाहाङ चेम्जोङले सञ्चालन गर्नुभएको थियो भने व्यवस्थापन सन्तवीर नेम्बाङले गर्नुभएको थियो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo