भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेस युथ क्लबलाई

भाद्र १९ गते २०८३
6:42 pm
Author Avatar
फक्ताङलुङ दर्पण

चौथो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपको उपाधि लगातार दोस्रो वर्ष सलहेस युवा क्लब सिराहाले जितेको छ । भारी वर्षा र हिलाम्मे मैदानका बीच पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्दै सलहेसले उपाधि रक्षा गरेको हो ।

सलहेसका लागि फाइनलको मध्यन्तर अघि भने दुवै टोलीले बराबरी खेलेका थिए । सलहेसले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि समेत चुमेको थियो । दोस्रो ताप्लेजुङ गोल्डकपबाट सहभागी बन्न थालेको सलहेस यो सहित लगातार विजेता बन्दै छ भने दोस्रो संस्करणमा उपविजेता बनेको थियो । सलहेसविरुद्ध जित निकाल्न नसकेको फिदिमले ताप्लेजुङ गोल्डकप जितेर इतिहास रच्ने मौका गुमाएको छ । फिदिम ताप्लेजुङ गोल्डकपमा भने पहिलोपटक फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेता बनेको सलहेसले नगद ७ लाख ७ हजार ७ सय ७३ रुपैयाँ पाएको छ भने उपविजेता बनेको फिदिमले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पाएको छ ।
आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको थिए । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराएर फिदिम स्पोर्टिङ क्लब फाइनलमा पुगेको थिए ।
भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । फाइनलमा पुगेका सलहेस र फिदिमबाहेक आयोजक ताप्लेजुङ ११, नेपाल पुसिल क्लब, सातदोटबाटो फुटबल क्लब ललितपुर सहभागी भएका थिए । त्यस्तै चित्लाङ फुटबल क्लब काठमाडौँ, भारतको जर्जियन युनाइटेड फुटबल क्लब र झापा ११ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo