भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन हुदै

भाद्र १८ गते २०८३
7:43 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुने तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (म्याराथन) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। भदौ २४ र २५ गते आयोजना हुने प्रतियोगिताबारे आयोजक तिम्बुङ पोखरी पर्यटन विकास समितिले बुधबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

समितिका अध्यक्ष अमिर राईका अनुसार ट्रेल रन प्रतियोगिता भदौ २५ गते हुनेछ। तिम्बुङ क्षेत्रको पर्यटन प्रवद्र्धन, विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।

प्रतियोगितालाई भव्य बनाउन करिब चार हजार २०० मिटर उचाइमा च्याब्रुङ नाच (केःलाङ), याक तथा चौँरी र भेडा प्रदर्शनी, छुर्पी, राडी, खाँडी र ढाकालगायत स्थानीय उत्पादनको प्रदर्शनी गरिनेछ।

कार्यक्रममा चार हजार ३५० मिटरभन्दा बढी उचाइमा रहेको तिम्बुङ पोखरी, सिक्किमतर्फका लामपोखरी र लक्ष्मी पोखरीको भ्रमण तथा लोपोन्मुख वनस्पति केन्जो (पदमचाल) को अवलोकन गराइने आयोजकले जनाएको छ।

तिम्बुङ पोखरी क्षेत्रलाई ‘केन्जोको राजधानी’ घोषणा गर्ने प्रक्रिया अघि बढाउन भदौ २४ गते सोही क्षेत्रमा सिदिङ्वा गाउँकार्यपालिकाको बैठक बस्ने तयारी रहेको अध्यक्ष राईले बताउनुभयो। ट्रेल रनमा भारतका धावकसहित नेपालका धिरज बुढामगर, अर्जुन कुलुङलगायत प्रख्यात धावक सहभागी हुने भएका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo