श्रावण १ गते २०८३
01:57: AM
श्रावण १ गते २०८३
01:57: AM

भारी वर्षा, सतर्कता अपनाउन आग्रह

असाेज १८ गते २०८२
12:44 pm
Author Avatar
फक्ताङलुङ दर्पण

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबारदेखि असोज २० गतेसम्म ताप्लेजुङसहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । सम्भावित प्राकृतिक विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले अत्यावश्यक अवस्थाबाहेक घर बाहिर ननिस्कन, विशेष गरी रातिको समयमा यात्रा नगर्न र वर्षा तथा बाटोको अवस्था हेरेरै मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै, सम्भावित बाढीपहिरोको जोखिम देखिएमा तत्काल उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित परिचालन हुन सरोकारवाला निकायहरूलाई सचेत गराइएको छ ।

विपद् आइपरेमा राहत तथा उद्धारका लागि जिल्लास्थित नेपाली सेना दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा, नेपाल रेडक्रस सोसाइटी तथा अन्य सामाजिक सङ्घसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराज सेढाईंले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo