ताप्लेजुङका हिमालहरु आरोहण गर्न सुरु भएको छ । आरोहणको सिजन सुरुभएसंगै हिमाल आरोहीहरु अहिले बेस क्यामहरुमा पुगेका छन् । फ्रान्सका दुई नागरिकले गत साता ६ हजार ८०८ मिटर उचाइका “ह्राइट वेभ पिक” पहिलो पटक सफल आरोहण गरेका छन् । अन्नर्पूण फुटहिल्स टे«क्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार फ्रान्सका बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइडले पहिलो पटक ह्राइट वेभ पिक आरोहण गरेका हुन । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रको भ्रमण गर्नका लागि ७० जना विदेशी पर्यटकहरु हिमालको आधार शिविर प्रवेश गरेका छन । केही घुन्सा क्षेत्रमा विश्राम गरेको छन् । कञ्चनजंघा हिमालको नजिकै रहेको पाथीभरा पिक आरोहण गर्नका लागि चीलीका एक नागरिक हिमालको आधार शिविर क्षेत्रमा पुग्नुभएको छ । विश्वको ३२ औं अग्ला नेपालको १५ औ आग्लो अर्थात सात हजार ७१० मिटर उचाइका कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताउभयो । पछिल्लो वर्षहरुमा ताप्लेजुङका पिकहरु उत्साहका साथ आरोहण गर्नु थालिएका छन् । गत वर्षको कात्तिकमा चार जना दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो । गत वर्षको चैतमा शार्फु–४ पिकमा पहिलोपटक आरोहण गरिएको थियो । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थियो । तथ्यांक अनुसार विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थियो । पर्यटन विभागका अनुसार गत वर्षको सिजनमा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजंघा हिमालको प्रमुख चुचुरोमा सफलतापूर्वक आरोहण गरिएको थियो । सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी संकलन भएको थियो । अहिले मौसम प्रतिकुल भएको छ । यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले विज्ञप्ति जारी गर्नुहुँदै असोज १७ देखि २० गतेसम्म सावधानी अपनाउन आग्रह गर्नुभएको छ । यस्तै विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा, नेपाल रेडक्रस सोसाइटी सहितका सामाजिक सङ्घसंस्थालाई निर्देशन समेत दिनुभएको छ ।