वैशाख २ गते २०८३
11:49: AM
वैशाख २ गते २०८३
11:49: AM

ताप्लेजुङमा करेन्ट लागेर एक युवाको मृत्यु

भाद्र १५ गते २०८२
7:24 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको छ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गाउँपालिका–५ ताम्मवा खोलामा पुल निर्माण कार्यमा संलग्न रहँदा करेन्ट लागेर उनी घाइते भएका थिए। पाथीभरा सर्भिस सेन्टर कम्पनीमा मजदुरका रूपमा कार्यरत राई गेलेन्डर चलाउने क्रममा करेन्ट प्रवाह भई घाइते भएका थिए।

घाइते राईलाई उपचारका लागि तत्काल तापेथोक स्वास्थ्य चौकीमा पुर्याइएको थियो। तर चिकित्सकले साँझ ४ः१० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo