भाद्र २६ गते २०८३
10:02: PM
भाद्र २६ गते २०८३
10:02: PM

इन्द्रजाल”को वास्तविकता र नेपाली समाजमा गरिएको गलत प्रचार

भाद्र ७ गते २०८०
6:36 am
Author Avatar
फक्ताङलुङ दर्पण

-राजा माबो।

इन्द्रजाल भन्ने बित्तिकै जादु,टोना,मोहनी,मन्त्र,भेद,कपट,बिगार आदिको नकारात्मक प्रभावले हाम्रो मस्तिष्कमा तरङ्ग फैलाउछ।तर सामान्य भाषामा भन्ने हो भने विभिन्न स्थानहरुमा जादु,चटक,चमत्कारिक खेल मन्चन गरिरहेका विभिन्न स्तरका खेलाडी(जादुगर)हरुले बाराम्बार नाम लिएर चर्चित बनाइएको "इन्द्रजाल" एउटा पौराणिक पुस्तक हो।समयको विभिन्न काल खण्डमा भासा अनुवाद र संस्करणले गर्दा त्यस भित्रका सामाग्रीहरु अनि आकार थप-घट भएता पनि खास सक्कली र पुरानो चाहिँ "असली प्राचीन ईन्द्रजाल" हो भन्ने मान्यता छ।जादु,चटकलाई पेसाका रुपमा अंगालेर दैनिकी चलाई रहेका विभिन्न खेलाडी(जादुगर)हरुले इन्द्रजालका बारेमा जसरी प्रचारवाजी गरिएका छन् र जस्तो किसिमको प्रभाव अनि बुझाई नेपाल समाजमा रहेको छ यथार्थमा उक्त पुस्तकको वास्तविकता र परिभाषामा केही फरक रहेको छ।

      उक्त पुस्तक विषय शुचिबाट सुरु भई क्रमस:प्रथम अध्याय(मंगलाचरणम्),द्वितिय अध्याय(अथ मन्त्र-तन्त्रको वर्णन),तृतिय अध्याय(यन्त्र वर्णानम्),चतुर्थ अध्याय(चुटकुले),पञ्चम अध्याय(यक्षिणी साधना),छैठौ अध्याय(मन्त्रले रोगको उपचार)सातौ अध्याय(विविध चमत्कार) गरि जम्मा आठ भागमा रहेको छ।

विषय शुचि पश्चात् प्रथम अध्यायबाट प्रारम्भमा ११ स्लोक र त्यसको वर्णन अनि छोटो आख्यान,कार्य बिधि,स्वरक्षार्थ मन्त्र हुँदै पाठ: सामाग्री चलायमान,ग्रह,रंग,तिथि,दिशा,ऋतु,योगिनि,चक्र,रासीको परिचालन दोस फाईदा असरको बारेमा वर्णित छ।सिङ्गो पुस्तकमा २०% मन्त्र,२०% तन्त्र,४०% यन्त्र र २०% साधना छ,जम्मा १८२ पेच रहेको आठै अध्यायमा मन्त्र,तन्त्र,यन्त्र र साधनालाई नै प्राथमिकता दिईएको छ र हिन्दु देवी देवतालाई शिर मानिएको छ।

अब,चमत्कारको सम्बन्धमा भन्न पर्दा यो अलि महंगो कुरा छ,हामीले सुने बुझे र मनस्पटलमा बसेको जसरी इन्द्रजालको अलौकिक शक्ति प्रयोगमा ल्याउनलाई चमत्कार गर्नलाई निम्न कुराहरु छन्।

मेरो अध्ययनको वास्तविकता पेस गर्न पर्दा,"इन्द्रजाल" एक साधारण असाधारण दुबै किसिमको पुस्तक हो।अध्ययन मात्र गर्नको निम्ति हो भने आश्चर्य चकित कौतिहलता दिलाउने छ।प्रयोग,उपयोग र साधकिको निम्ति लिने हो भने आत्मावल,प्राकृतिक ऐतिहासिक जडिबुट्टि र उपचार सम्बन्धि ज्ञान प्रदान गराउदछके कुन बार,मौसम,भुगोलमा के कुराको प्रयोग गर्ने,नगर्ने त्यसको फाइदा,असर के हुन्छ आदिको बारेमा बिज्ञानसंग मिल्दो र चित्त बुझ्दो वर्णनहरु गरिएहेको छ।हिन्दीमा अरबी,उर्दु,संस्कृत भाषा समिश्रण रहेको र स्लोक मन्त्रहरु याद गर्नलाई रट्नु पर्ने भएकोले शब्द उच्चारणमा फाईदा हुनेछ।

पहिलो कुरा: त्यहा रहेका सबै मन्त्रहरु कण्ठस्त गर्नु पर्ने हुन्छ,(त्यो सम्भव छ,मन्त्र धेरै छैन,एउटै प्रसंगमा उल्टा सुल्टा हुने,घुम्ने हो)।

दोस्रो कुरा: उल्लेखि यन्त्र(सामाग्री)हरु पहिचान गर्न र संकलन गर्नु पर्ने हुन्छ(त्यो कठिन मात्र होईन असम्भव जस्तै छ,जस्तो: कालो हरिणको रगत,सेतो कागको प्वाख,जम्ले कछुवाको फुल,महिनावारि हुन अघि कुसको डोरीमा मंगलवार झुण्डिएर मरेकि युवतीको खोपडी आदि...)।

तेस्रो कुरा: तन्त्र(विधि) यन्त्र सामाग्रीहरुलाई मिलाएर बनाउनु,योग साईत र घडिपला मिलाउनु(यो सम्भव हुन सक्छ औसि,पुर्णे,एकादसी,होली,सिवरात्री,दिपावली यस्तै साईतको वर्णन छ)।

चौथो कुरा: साधन(ध्यान)मा यो माथि पञ्चम अध्यायमा उल्लेख भएको यक्षिणी साधनाको कुरा हुन्छ। त्यो अध्यायमा १४ यक्षिणी देवीहरु(नकारात्मक शक्तिहरु)को साधना बारे वर्णन अनि मन्त्र,यन्त्र,तन्त्र र साधना विधि बारे सिकाईएको छ। १४ यक्षिणी देवीमा १,महा यक्षिणी।२,सुन्दरी यक्षीणी।३,मनोहारी यक्षिणी। ४,कनक यक्षिणी। ५,कामेश्वरी यक्षिणी। ६,रतिप्रीया यक्षिणी।७,पद्मीनी यक्षिणी। ८,नटि यक्षिणी। ९,रागीनी यक्षिणी। १०,विसाला यक्षिणी। ११,चन्द्रिका यक्षिणी।१२,लक्ष्मी यक्षिणी। १३,सोभना यक्षिणी। १४,मदना यक्षिणी हुन्। यी यक्षीणीहरुको उपयोग फाईदा र साधनाहरु पनि फरक-फरक तरिकाको रहेको छ।आफुलाई कुन पक्षमा सहायता चाहिको हो? या केका लागि हो? सोही अनुसार यी १४ मध्ये आफुले चाहेको क्षेत्रसंग सम्बन्धित एक यक्षीणीको साधना गर्नु पर्ने हुन्छ,अवस्यक यन्त्र,तन्त्र,साईत र स्थान मिलाउनु पर्ने हुन्छ। साधनामा एक्लै र प्राय आधारात,समसान घाट,दोबाटो,पिपलको फेद यस्तै स्थानहरु वर्णन गरेको छ। साधना अवधिको सवालमा जबसम्म यक्षीणी प्रकट हुन्नन तबसम्म साधना गरिरहनु पर्ने भनिएको छ त्यसकारण साधन प्रक्रिया २०औ बर्षसम्म पनि लामो जान सक्दछ। यदि यक्षीणी प्रकट भएमा जस्तो सुकै परिस्थिति पनि स्वीकार्नु पर्ने,यक्षीणीले आफ्नो परीक्षा अनेक तरिकाले लिने,जस्तो सुकै रुपमा धारण भइ धम्काउने,तर्साउने र भड्काउन चेस्टा गर्ने छिन् र त्यसमा नभड्किए मात्र यक्षीणी देवीको शक्ति प्राप्त हुने तर डराए,भागे,भड्किए साधककोनै मानसिक स्थितिमा असर पर्ने या ज्यान समेत तलमाथि पर्न सक्ने भनेर उल्लेख छ।

र प्राप्त यक्षीणीलाई आफुले आमा,फूपू,चेली,प्रेमीका,श्रीमती,छोरी आदिमा स्वीकार्नु पर्ने छ र तिनी अदृस्यरुपमा आफ्नो साथमा रहि सहायता गर्ने अनि संसारमा चमत्कार गर्न सकिने,त्यस्तो अलौकिक शक्ति प्राप्त हुने भनिएको छ।तर जुन नातामा यक्षीणीलाई स्वीकार गरियो त्यो नाताको वास्तविक आफ्नो आफन्तलाई चाहिँ हानि हुने भनिएको छ।उक्त प्राप्त यक्षीणीको पनि मानिसको झै उमेर,आयु हुने भनि उल्लेख गरिएको छ।त्यसरी साधनाको माध्यमबाट यक्षीणीलाई प्राप्त गर्न सके मात्र इन्द्रजालको अलौकिक,चमत्कारिक शक्ति पाईने नत्र भने इन्द्रजाल कथा,निबन्ध,उपन्यास पढे बराबर हुने छ। उक्त मन्त्रहरु गीत सरी गाउदै हिडे पनि केही उपलब्धि चमत्कार हुनेवाला छैन।

माथि उल्लेखित चार कुराहरुलाई पार लाउन सके मात्र इन्द्रजालले काम गर्ने छ,नत्र कागजको कोस्ठा बाहेक अर्को फरक छैन।

केही सत्यहरु: 

हामीलाई सुनाईए अनुसार इन्द्रजाल पढेर पार नगरे बौलाईने मरिने भन्ने कुरा गलत हो।साधना बिग्रिए त्यसो हुन सक्छ।

इन्द्रजाल उल्टोसुल्टो पढेर पूरा गर्नु पर्छ एक शब्द बिग्रिए पनि अनिस्ट हुन्छ आफुलाई हानि गर्छ यो कुरा पनि गलत हो,इन्द्रजाल जसरी जहाबाट,जति पढे पनि हुन्छ तर साधनामा बस्ने हो भने धेरै सोच बिचार गरेर पुर्व योजना सहित बस्नु पर्दछ जसले आफुमा बाधाहरु नआओस र साधाना असफल नहोस।

इन्द्रजालमा जादुको बारेमा केही छैन,जादुको कुनै उल्लेखनै छैन।प्रेतआत्मा मसानको बारे समिप्यता छ।उपचार विधि जडिबुट्ठीको बारेमा छ त्यो चित्त बुझ्दो र बिज्ञानसम्बत छ।त्यसको उपयोगले हामी सबैलाई फाईदा पुर्याउछ।

इन्द्रजाल भित्र खेलहरु पनि छन् जस्तो वाहान,भेद आदि तर त्यो खेल खेल्न,प्रयोग गर्न इन्द्रजालबाटनै सक्त मनाहि छ।मोहनी लाउने,टोना फुकाउने,चरा भुईमा झार्ने,ऐना फुटाउने,दुधलाई चामल बनाउने,कुकुर लाटो बनाउने,पानी पार्ने,आगो बाल्ने मार्ने,आन्धो बनाउने,चक्कुको धार मार्ने,सम्बन्ध बिगार्ने,घर झगडा लगाई बिध्वम्स बनाउने लगायत धेरै कुराहरुको यन्त्र,तन्त्र,मन्त्र उल्लेख गरि सिकाइएको छ,त्यो साधना बिना पनि गर्न सकिन्छ तर! तर,यो कुनै पनि कार्य गरे अथवा इन्द्रजालको दुरुपयोगबाट कोहि कसैलाई  हानी नोक्सानी पुर्याउन खोजे या पुर्याए त्यो नोक्सान बराबरको हानी आफू स्वयमलाई पनि यहि जुनीमा अनिवार्य प्राप्त हुने भनेर,आङनै जिरिङ्ग बनाउने गरि सचेत गराएको छ,अरु सबै कुरा भुले पनि यो कुरा चाहिँ भुल्न हुदैन र नभुलेको राम्रो।

इन्द्रजालको सुरुमा र बिच-बिचमा अनि अन्त्यमा केही घुमाउरा र मनोबैज्ञानिक साथै मनको स्थितिलाई अन्योय,दोधार पार्ने,डर पैदा गराउने,सोचाई तरंगित बनाउने हरफ लाईनहरु लेखिएका छन्,उक्त हरफहरुमा वास्था नगरि,नदोहोराई दिमागलाई बोझ नपारि पार गरेर गए केही हुन्न तर अल्झिएर,त्यसमा सोच केन्द्रित गरेर,डराएर,दोधार परेर रहनु भयो भने चाहि तपाईको मानसिकतामा चोट पुर्याउन सक्छ त्यसमा सचेत रहनु पर्दछ।

"इन्द्रजाल" नाममै काफि छ,जाल! त्यो पनि इन्द्रको।खासमा यो पुस्तक मनोबिज्ञान र ध्यानलाई छरपस्ट बनाउने जालनै जालले रचिएको भरिएको पुस्तक हो।इन्द्रजालको सहि सदुपयोगले नकारात्मक शक्तिहरुसंग खेल्न जोगिन सजिलै सकिने छ।जडिबुट्ठि दबाई उपचार लगायत फाइदाजनक धेरै कुरा छन् र त्यस बाहेक सबै जालनै जाल छन्।तर जुन तरिकाले हामीलाई अथवा नेपाली समाजमा बुझाईएको छ त्यो भन्दा इन्द्रजालको वास्तविकता र सत्यता अलि फरकनै छ।

इन्द्रजाल पुस्तक भित्रको केही प्रतिशत खोल्न र लेख्न नमिल्ने कुराहरु बाहेक मेरो बुझाइमा परेका सबै कुरालाई सबिस्तार सरल तवरले प्रस्टाएर सबैमा जानकारी ज्ञान पुगोस भन्ने उदेश्यले लेखी दिएको छु,अन्यथा माफ गरिदिनु होला धन्यवाद।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo