श्रावण ५ गते २०८३
04:24: AM
श्रावण ५ गते २०८३
04:24: AM

पाथिभरा यात्राका क्रममा विद्युत् तारले ज्यान लियोः चारको मृत्यु दुई घाइते

वैशाख ८ गते २०८२
7:54 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सेवारोचोकमा आज बिहान पाथिभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ। तीमध्ये एकै परिवारका दुई सदस्य रहेका छन्।

बिहान करिब ५ बजे भएको घटनामा विद्युत्को पोलबाट झरेको तारमा गाडी अल्झिएपछि अचानक आगो लागेको थियो। गाडीमा आगो लागेपछि सवारमध्ये चार जनाको जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल तथा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० निवासी ४२ वर्षीय सवारी चालक दुर्गा भट्टराई रहेका छन्।

घटनामा ललितपुरकी ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छन् भने उनका करिब १० वर्षीय छोरा भबिमय आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

मृतकको शव घटनास्थलबाट अस्पतालतर्फ पठाउने कार्य भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय प्रशासनका अनुसार पाथिभरा यात्राका लागि निस्किएका ती यात्रुहरू अनाहकमा विद्युत् सुरक्षाको लापरवाहीका कारण यस्तो दर्दनाक दुर्घटनामा परेका हुन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo