श्रावण १० गते २०८३
12:48: PM
श्रावण १० गते २०८३
12:48: PM

आस्फोर्ड केन्टमा नेपाली नयाँ वर्ष २०८२ भव्य रूपमा मनाइयो

वैशाख १ गते २०८२
10:40 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बाे चरपे

आस्फोर्ड, केन्ट –
सगरमाथा गोर्खा नेपाली समाज, आस्फोर्ड केन्टको आयोजनामा गत ११ अप्रिल २०२५ (२०७८ चैत २९) का दिन साइमन सभाहल, आस्फोर्डमा नेपाली नयाँ वर्ष २०८२ भव्य सांस्कृतिक कार्यक्रमका साथ उल्लासपूर्वक मनाइएको छ।

कार्यक्रममा आस्फोर्ड र वरपर क्षेत्रका नेपाली समुदायको उल्लेखनीय सहभागिता रह्यो। हरेक वर्षझैं यसपालि पनि नयाँ वर्षको अवसरमा एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति, पहिचान र आपसी भाइचारा सुदृढ गरिएको थियो।

समाजका अध्यक्ष डम्बर सिंहकका अनुसार, “यस्ता कार्यक्रमले हाम्रो संस्कृति र चाडपर्वको निरन्तरता मात्र होइन, भावी पुस्तालाई पनि नेपालीपन र सामाजिक सद्भावको महत्व बुझाउने अवसर प्रदान गर्छ।”

कार्यक्रमको संयोजन लावती समूहले गरेको थियो भने युवा अध्यक्ष शिखर लिम्बु, महिला अध्यक्ष उमा गुरुङ लगायत अन्य पदाधिकारीहरूको विशेष सक्रियता रहेको थियो। कार्यक्रमको अध्यक्षता अध्यक्ष डम्बर सिंहकले गर्नुभएको थियो भने महासचिव राम लिम्बु र सचिव विमला लिम्बुले सञ्चालन गर्नुभएको थियो।


विद्यालय भवन हस्तान्तरण: बेलायतवासी नेपालीहरूको समाजसेवामा योगदान

सगरमाथा गोर्खा नेपाली समाजको युवा समितिले समाजसेवा अन्तर्गत ०२ अप्रिल २०२५ (२०७८ चैत २०) मा थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई ४० लाख रुपैयाँको लागतमा निर्मित भवन औपचारिक रूपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको उक्त भवन ‘सानु तामाङ स्मृति’मा पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण कार्य समाजका संस्थापक युवा अध्यक्ष चिरन राईको पहल र बेलायतमा रहेका नेपाली समुदायको आर्थिक सहयोगमा सम्पन्न भएको थियो।


समाजको निरन्तर योगदान

सगरमाथा गोर्खा नेपाली समाज, आस्फोर्ड केन्टले लामो समयदेखि समाजसेवा, शिक्षा, पूर्वाधार निर्माण तथा आपत्‌कालीन राहत वितरणमा उल्लेखनीय भूमिका खेल्दै आएको छ। नेपाल तथा बेलायत दुवै स्थानमा समाजले विद्यालय, पुल, बाटो, खानेपानी आयोजना निर्माणदेखि लिएर विपद्‌ पीडित, असाहाय तथा अनाथहरूलाई सहयोग गर्दै आएको छ।

नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्नसमेत समाजले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले नेपाली समुदायलाई एकताबद्ध बनाउने काम गरिरहेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo