श्रावण १० गते २०८३
08:38: AM
श्रावण १० गते २०८३
08:38: AM

कञ्चनजङ्घा संरक्षण र पर्यटन प्रवद्र्धन गर्न, महोत्सव हुने

चैत्र ५ गते २०८१
5:28 pm
Author Avatar
फक्ताङलुङ दर्पण

जलवायु परिवर्तनले विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघामा पार्न सक्ने असरबारे जनचेतना फैलाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सिरिजङ्घा गाउँपालिकाले वैशाखमा महोत्सवको आयोजना गर्ने भएको छ । गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १३ देखि १५ गतेसम्म तीन दिने ’सिरिजङ्घा पर्यटन महोत्सव’ आयोजना गर्ने जानकारी गराएको हो ।
महोत्सवका मुख्य उद्देश्य कञ्चनजङ्घा क्षेत्रमा लोपोन्मुख वन्यजन्तुहरूको संरक्षण, जलवायु परिवर्तनको प्रभावबारे जागरुकता फैलाउने र साहसिक पर्यटनलाई प्रवद्र्धन गर्ने रहेको सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताउनुभयो । पर्यटन आकर्षणमा विविधता दिन महोत्सवमा साहसिक हाफ म्याराथन, याक तथा चौंरी प्रदर्शनी, कला–साहित्य प्रस्तुति, सांगीतिक कार्यक्रम लगायतका गतिविधि राखिएको छ । साहसिक हाफ म्याराथन प्रतियोगिता झोरेनी क्षेत्रको चार हजार ५०० मिटर उचाइमा आयोजना गरिँदैछ, जुन द्रुतगतिको साहसिक पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुन सक्ने गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबोले बताउनुभयो ।
म्याराथनमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
जलवायु परिवर्तनको असरबारे अध्ययन, अवलोकन र अनुगमनका लागि वैशाख ५ गतेदेखि नै विभिन्न गतिविधि सुरु गरिने बताइएको छ । यस क्रममा विदेशी पर्यटकहरूको सहभागिता सुनिश्चित गर्न समन्वय भइरहेको उपाध्यक्ष माबोले जानकारी दिनुभयो । महोत्सवले ताप्लेजुङमा साहसिक पर्यटन प्रवद्र्धनका साथै हिमाली जनजीवन, जीवजन्तु र वातावरणीय अवस्थाबारे सचेतना जगाउने अपेक्षा गरिएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo